करिव दुई सयले परिवार नियोजनबाट सुरक्षित गर्भपतन सेवा लिए

१७ पुष २०७४, सोमबार १८:५०
 

सदरलाइनडटकम
१७ पुस, नेपालगन्ज : बाँकेमा परिवार नियोजन संघबाट सुरक्षित गर्भपतन गराउनेको संख्या करिव दुईसय पुगेको छ । नेपाल परिवार नियोजन संघ बाँके शाखाबाट वितेको एक वर्षमा १ सय ९१ जनाले सुरक्षित गर्भपतनको सेवा लिएका छन ।
संघका बरिष्ठ शाखा प्रबन्धक हरीबहादुर विष्टले संघमा आएर सुरक्षित गर्भपतन गराउनेहरु १८ देखि ३० बर्ष उमेर समूहका बढी रहेको जानकारी दिए ।
उनले संघले दिदै आएको अर्को सेवा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँचमा सन् २०१७ मा ७ सय ६३ जनाले पाठेघरको मुखमा क्यान्सर भए नभएको परिक्षण गराएउदा ती मध्ये १३ जनामा ‘पोजिटिभ’ देखिएपछि थप उपचारका लागि भरतपुर र भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको बताए । शाखा प्रबन्धक विष्टले संघको आयोजनामा हुने निःशुल्क परिवार नियोजन शिविरमा ७५ जना महिलाले मिनिल्याप, १६ जना पुरुषले भ्यासेक्टोमी र १०१ महिलाले इम्प्लान्ट लगाएको कार्यालयले जनाएको छ ।
युवा परिचालक सागर ज्ञवालीले परिवार नियोजनका सामाग्री प्रयोग गर्ने तथा परिवार नियोजन गर्नेमा पुरुषको तुलनामा महिलाहरु नै बढी हुने गरेको बताए । उनले स्थायी बन्ध्याकरण गर्नेहरुमा ९० प्रतिशत महिला र पुरुषको संख्या भने अत्यन्तै कम रहने गरेको जानकारी दिए ।

Next Post

खोजी तथा उद्दारको प्रभावकारी संयन्त्र नहुँदा हराउने भन्दा भेटीनेको संख्या अत्यन्त न्यून

१७ पुष २०७४, सोमबार १८:५०
सदरलाइनडटकम   १७ पुस, नेपालगन्ज : महिला तथा बालबालिका हराएको भन्दै खोजतलासको लागि आएका निवेदन भन्दा भेटिनेको संख्या अत्यन्तै न्यून रहेको लामो समयदेखि मानव बेचबिखनबिरुद्ध काम गर्दै आएको माईती नेपाल नेपालगन्जले जनाएको छ । माईती नेपाल नेपालगन्जले मध्य तथा सुदुर पश्चिमका विभिन्न जिल्लाबाट हराएका महिला तथा बालबालिकाहरु न्यून मात्रामा मात्र भेटिने […]