कोरोनाबाट बाँकेकी एक महिलाको मृत्यु

सदरलाइन संवाददाता २४ माघ २०७७, शनिबार १६:५४
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेकी थप एक महिलाको मृत्यु भएको छ । बाँके कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

माघ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएको ती महिलालाई सोही दिन साँझ साढे ५ बजे अस्पताल भर्ना गरिएको थियो ।


रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दासमेत उनको स्वास्थ्य विग्रिँदै गएपछि शनिवार अपरान्ह ४ बजेर १८ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृतकको संख्या ५४ पुगेको छ ।

Next Post

नेपाल मुद्रण उद्योग संघ बाँकेमा पौडेल

२४ माघ २०७७, शनिबार १६:५४
नेपालगञ्ज :  नेपाल मुद्रण उद्योग संघ बाँकेको शनिबार नेपालगञ्जमा भएको जिल्ला भेलाले विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मिसन मल्टिमिडिया प्रालिका प्रबन्धक, मिसन अपसेट प्रेसका सञ्चालक समेत रहेका पौडललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणी उपाध्याय, सचिवमा नोखराज रावत र कोषाध्यक्षमा […]