सदरलाइनडटकम
१६ चैत, नेपालगन्ज :पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खुमबहादुर खड्काको शुक्रबार साँझ उपचारको क्रममा निधन भएको छ। पूर्वगृहमन्त्री खड्काको भारत दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको थियो।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधनमा टुईट गर्दै नेता खड्काको निधन भएको जानकारी गराएका हुन्।
‘उहाँको आत्माले शान्ति प्राप्त गरोस्, कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु११’ शर्माको टुईटमा उल्लेख छ।
खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए। अघिल्लो महिना उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । केही समय थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका खड्कालाई थप उपचारका लागि फागुन ६ गते नयाँदिल्ली लगिएको थियो ।
खड्का २०४८, ०५१ र ०५६ मा तीन पटक दाङबाट प्रतिनिधिसभाको सदस्य भएका थिए। पूर्व गृहमन्त्रीसमेत रहेका खड्का २०४८ देखि २०५८ सालसम्म ८ पटक मन्त्री भएका थिए।
