नेपालकी दोश्रो कोरोना संक्रमित युवती निको भइन्

६ बैशाख २०७७, शनिबार १५:०६
 

सदरलाइनडटकम,
काठमाण्डौ : कोरोना संक्रमित काठमाण्डौकी युवती संक्रमण मुक्त भएर घर फर्किएकी छन् । १९ वर्षीया प्रशिद्धि श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् ।
मैतीदेवी निवासी उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिवार डिस्चार्ज भएर घर फर्किएकी हुन् । चैत ४ गते फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाण्डौ आएकी ती युवतीमा १० चैतमा कोभिड १९ पोजेटिभ देखिएको थियो ।
त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो । पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिवार टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।
गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै फर्किएकी युवतीसँग यात्रा गरेका १५८ जना यात्रुको विवरण प्रहरीले लिइसकेको छ । उनीसँग एउटै जहाजमा सवार १५८ यात्रुलाई प्रहरीले सम्पर्क गरेर क्वारेन्टाइनमा राखेको छ ।

Next Post

बाँकेमा थप नौ जनाको रिपोर्ट ‘नेगेटिभ’

६ बैशाख २०७७, शनिबार १५:०६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका थप ९ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । यससँगै बाँकेमा शनिवारसम्म भएका सबै परीक्षणमा ४ सय ९२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । पीसीआर बिधिबाट शनिवार गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट नेगेटिभ देखिएको हो । यसअघि परीक्षणमै रहेको थप एक जनाको रिपोर्टसमेत नेगेटिभ देखिएको […]