निर्मलाको अपराधीलाई कडा कारबाही गर्न राष्ट्रपतिको आग्रह

२९ भाद्र २०७५, शुक्रबार १६:२९
 

दरलाइनडटकम,
काठमाण्डौ : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कठघरामा ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् । राष्ट्रिय बाल दिवस मूल समारोहलाई शुक्रवार काठमाण्डौमा सम्बोधन गर्दै उनले जतिसक्दो चाँडो अपराधीलाई कानूनी कठघरामा उभ्याउन सरोकालवालसँग आग्रह गरेकी हुन् ।
निर्मला पन्तका बुवाआमा तथा परिवारजन न्यायका लागि छट्पटिई रहनु दुःखद् भएको भन्दै राष्ट्रपति भण्डारीले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताइन् । संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै उनले प्रभावकारी कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य हुने जिकिर गरिन् ।
बलात्कारलगायत विभिन्नखाले महिला हिँसा रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले कलिला किशोरीमाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलंक भएकोले यसलाई जरैदेखि उखलेर फाल्नु पर्ने धारणा राखिन् ।

Next Post

पन्तको हत्यारा चाँडै पत्ता लाग्ने गृहमन्त्रीको दाबी

२९ भाद्र २०७५, शुक्रबार १६:२९
सदरलाइनडटकम, काठमाण्डौ : कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी चाँडै पत्ता लाग्ने गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् । पन्त हत्याबारे शुक्रवार राष्ट्रियसभाका सदस्यलाई जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् । दोषीमाथि कडा कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै गृहमन्त्री थापाले अपराधी जोसुकै भएपनि उम्किन नपाउने जिकिर गरे । […]

ताजा अपडेट