नेपालगञ्जमा ‘कोसेली घर’

२४ बैशाख २०७६, मंगलवार २३:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा महिला उद्यमी संघ बाँकेले कोसेली घर सञ्चालनमा ल्याएको छ । नेपालगञ्जको बीपीचोक नजिकै सञ्चालनमा ल्याईएको सो कोेसेली घरमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला, बस्तुकलाका साथै खाद्य वस्तुहरु बिक्रीमा राखिएका छन् ।
मंगलबार कोसेली घरको उद्घाटन गर्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले कोसेली घरका लागि जग्गा उपलब्ध गराइने बताए ।
महिला उद्यमीलाई बिना धितो एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने जानकारी दिदै उनले भने, ‘हामी बिना धितो एक लाख रुपैयाँ उपलब्ध गराउँछौं । सानो तिनो उद्यम गरेर स्वरोजगार हुन चाहने जो कोहीले लिन सक्नुहुन्छ ।’
कोसेली घर निर्माणका लागि घरेलु तथा साना उद्योग कार्यालयले १५ लाख रुपैयाँ विनियोजन गरेको छ । उप–महानगरपालिकाले नेपालगञ्ज–११ मा कासेली घरका लागि जग्गा उपलब्ध गराएर स्थायी संरचना निर्माण गर्ने जनाएको छ ।
सो कोशेली घर उद्घाटन सत्रमा उपमेयर उमा थापामगर, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कष्णप्रसाद श्रेष्ठ लगायत, अगुवा महिला उद्यमीहरुको सहभागिता थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सुरु भएको कोशेली घरमा जिल्लाको ग्रामिणक्षेत्रमा उत्पादन भएका आर्गानिक र हस्तकलाका सामाग्री बिक्री बितरण गर्ने गरी यो कोशेली घर सन्चालन गरिएको हो जसमा महिलाका उत्पादनलाई बिशेष प्राथमिकता दिइने छ । 

 

Next Post

लाहोरको दरगाहमा बम विस्फोट, आठको मृत्यु

२४ बैशाख २०७६, मंगलवार २३:४०
सदरलाइनडटकम, काठमाण्डौ : पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । लाहोरको एक प्रमुख सुफी दरगाह (सुफी इस्लामी पवित्रस्थल) दाता दरबार बाहिर विस्फोट भएको पाकिस्तानी अधिकारीहरुलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले जनाएको छ । सुरक्षामा खटिएको एक गाडीलाई निशाना बनाएर […]