चितुवाको छालासहित दैलेखमा एक पक्राउ

२४ भाद्र २०७५, आईतवार १६:३३
 

सदरलाइनडटकम,
दैलेख : चितुवाको छालासहित पक्राउ परेका एकजनालाई आईतवार दैलेख प्रहरीले सार्वजनिक गरेको छ । अछामको तुर्माखात गाउँपालिका–६ धमालिका १८ वर्षीय नवीन धमलालाई चितुवाको छालासहित आठबिस नगरपालिका–२ राकम कर्णालीबाट प्रहरीले शनिवार पक्राउ गरेको थियो ।
पक्राउ परेका धमलालाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले ।
थुनुवा भेट्न गएका आफै थुनिए



थुनुवा भेट्न गएका एकजना आफै थुनिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा रहेका एक व्यक्तिलाई भेट्न गएका लालबहादुर बुढा आफै थुनिएका हुन् । चाउचाउको प्याकेटभित्र चुरोट राखेर थुनुवालाई दिन खोज्दा बुढालाई थुनिएका प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिका–३ का बुढाले लागुऔषध मुद्दाका प्रतिवादी मिलन राना मगरलाई भेट्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उनले थुनुवा रानाका लागि लगेको चाउचाउको प्याकेटभित्र सोह्र खिल्ली चुरोट बरामद भएको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताए ।

Next Post

खजुरामा गाउँपालिकास्तरीय बाल संरक्षण समिति गठन

२४ भाद्र २०७५, आईतवार १६:३३
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकको संयोजकत्वमा बाल संरक्षण समिति गठन गरिएको छ । वालबालिका संरक्षण परियोजनाअन्तर्गत आईतवार गाउँपालिकास्तरीय वालसंरक्षण समिति गठन गरिएको हो । सबै वडाका अध्यक्ष, शिक्षा समितिबाट विश्वराज ढकाल, स्वास्थ्य समितिबाट लक्ष्मी केसी, गैससका तर्फबाट खर्कबहादुर पुन र नन्दा बिक, सामाजिक सुरक्षा शाखाबाट राजेन्द्र वर्मा, […]