ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

सदरलाइन संवाददाता १८ माघ २०८०, बिहीबार १७:३७
 

सल्यान : सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–८ कोटमोलाको भित्री सडक खण्डमा रा १ त ३८५७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर कुमाख गाउँपालिका–६ बडागाउँका १९ वर्षीय जनक विकको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार गोबर बोकेको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वर्षासँगैको हिमपातले भूकम्प पीडितको जनजीवन कष्टकर

१८ माघ २०८०, बिहीबार १७:३७
रुकुमपश्चिम : हिमपातले भूकम्प पीडितको जनजीवन थप कष्टकर बनेको छ । भूकम्पले घर भत्काएपछि अहिले केही पीडितहरू अस्थायी आवासमा र केही पीडितहरू त्रिपालमै बस्दै आएका छन् । बिहानैदेखि भएको हिमपातले उनीहरू थप पीडामा परेको प्रतिक्रिया दिएका छन् । आठविसकोट नगरपालिका–१४ छेपारे गाउँकी भूकम्प पीडित देवकली पुन मगरले रातीदेखि पानी पर्न […]

सम्बन्धित