तीज विशेष कार्यक्रमअन्तर्गत बैजनाथमा बृक्षारोपण

२४ भाद्र २०७५, आईतवार १५:३०
 

सदरलाइनडटकम,
बैजनाथ (बाँके) : तीज विशेष कार्यक्रमअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिकाले आईतवार विभिन्न कार्यक्रम गरेको छ । गाउँपालिकाले आफ्नो हाताभित्र वृक्षारोपण, सरसफाई तथा हरितालिका तीज विशेष कार्यक्रम गरेको हो ।
बैजनाथ गाउँपालिकका जनप्रतिनिधी, कर्मचारी लगायतको सहभागितामा बृहत्त सरसफाईसमेत गरिएको गाउँपालिकाका प्रवक्ता गुमानबहादुर दमाईले बताए । अपनत्वको विकाससँगै स्वच्छ वातावरणका लागि विशेष अभियान सञ्चालन गरिएको बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए ।
गाउँपालिका हाताभित्र विभिन्न प्रजातिका सयभन्दा बढी विरुवा रोपण गरिएको उपाअध्यक्ष शारदा रेग्मी विकले बताईन् । तीज विशेष कार्यक्रममा दर खाने तथा एक अर्कालाई शुभकामना आदानप्रदान गरिएको थियो ।


Next Post

उपचारका क्रममा मृत्यु भएका यादवका आफन्तद्वारा नेपालगन्जमा प्रदर्शन

२४ भाद्र २०७५, आईतवार १५:३०
सदरलाइनडटकम, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा बेहोस भई उपचारका क्रममा मृत्यु भएका राममनोहर यादवका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै नेपालगन्जमा प्रदर्शन गरेका छन् । हिरासतमा रहेका यादवलाई कुटपिट गरि घाइते बनाएकोले उनको उपचारका क्रममा मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मृतक यादवका आफन्तले त्रिवेणीमोडबाट प्रदर्शन गर्दै जिल्ला प्रशासन […]

सम्बन्धित