सदरलाइनडटकम,
बैजनाथ (बाँके) : तीज विशेष कार्यक्रमअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिकाले आईतवार विभिन्न कार्यक्रम गरेको छ । गाउँपालिकाले आफ्नो हाताभित्र वृक्षारोपण, सरसफाई तथा हरितालिका तीज विशेष कार्यक्रम गरेको हो ।
बैजनाथ गाउँपालिकका जनप्रतिनिधी, कर्मचारी लगायतको सहभागितामा बृहत्त सरसफाईसमेत गरिएको गाउँपालिकाका प्रवक्ता गुमानबहादुर दमाईले बताए । अपनत्वको विकाससँगै स्वच्छ वातावरणका लागि विशेष अभियान सञ्चालन गरिएको बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए ।
गाउँपालिका हाताभित्र विभिन्न प्रजातिका सयभन्दा बढी विरुवा रोपण गरिएको उपाअध्यक्ष शारदा रेग्मी विकले बताईन् । तीज विशेष कार्यक्रममा दर खाने तथा एक अर्कालाई शुभकामना आदानप्रदान गरिएको थियो ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2023/10/Ntc-add-1-.jpg)