थारु बस्तीमा माघीको रौनक, मधेशी समुदायमा खिचडी

सदरलाइन संवाददाता १ माघ २०७८, शनिबार १३:१२
 

नेपालगञ्ज : शनिवार माघी र माघे संक्रान्ती पर्व धुमधामका साथ मनाईदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।

थारु बाहुल्य पश्चिम तराईका जिल्लामा माघीको व्यापक रौनक छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा रहेको थारु समुदायले यो पर्व विशेष रुपमा मनाउने गर्छन् ।

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर मनाउँछन् । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।


बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आपूm स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

यसैबीच मधेशी समुदायमा शनिवार खिचडी मनाईंदै छ । जलाशय, नदी वा धारामा एकाविहानै नुहाएर आजका दिन विहान खिचडी पकाएर खाने चलन । बेलुका भने मिठामिठा परिकार पकाउने र इष्टमित्र तथा पाहुनाहरुलाई घरमा बोलाएर खुवाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा एभियसन म्युजियम सञ्चालित

१ माघ २०७८, शनिबार १३:१२
नेपालगञ्ज : पश्चिम नेपाल र भारतका पर्यटकलाई लक्षित गरेर नेपालगञ्जको बेलासपुरमा शनिवारदेखि एभियसन म्युजियम सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका र बेद उप्रेती ट्रष्टको सहकार्यमा म्युजियम सञ्चालनमा आएको हो । धनगढीमा रहेको उक्त म्युजियमलाई स्थानान्तरण गरि नेपालगञ्जमा स्थापना गरिएको हो । १ करोड ८० लाखको लागतमा म्युजियम स्थापना गरिएको क्याप्टेन […]