हेलिकप्टरबाट कार्यालय जाने इमरान खानको आलोचना शुरु

१५ भाद्र २०७५, शुक्रबार १६:१९
 

सदरलाइनडटकम,
काठमाण्डौ : सरकारी खर्च कटौती गर्दै सुविधासम्पन्न प्रधानमन्त्री निवास छाडेर सामान्य घरमा बस्दै आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अहिले आलोचना शुरु भएको छ । सरकारको कोष बढोत्तरी गर्ने घोषणा गरेका खान दैनिक हेलिकप्टरबाट प्रधानमन्त्री कार्यालय र घरसम्म ओहोरदोहोर गरेपछि उनको आलोचना शुरु भएको हो ।
१८ अगस्टमा प्रधानमन्त्री पदको सपथ लिए यता उनले दैनिक हेलिकप्टर प्रयोग गरी घरबाट कार्यालय र कार्यालयबाट घर जाने गरेको रहस्य खुलेपछि उनको आलोचक पनि बढ्दै गएका छन् । पाकिस्तानी जनताले खानको सरकारी खर्च कटौतीको घोषणा ‘जनताको आँखामा धुलो हाल्ने प्रयास’ भएको सोशल मिडियामार्फत टिप्पणी गरेका छन् ।
बानी गालास्थित तीन कोठे सामान्य घरसमा बस्दै आएका खान दैनिक प्रधानमन्त्री कार्यालयसम्म हेलिकप्टर चढेर जाने र हेलिकप्टरबाटै निवास फर्कने गर्दा कति सरकारी खर्च भइरहेको छ भन्नेबारे सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।
(एजेन्सीको सहयोगमा)

Next Post

वडा नं. २३ मा स्वास्थ्य केन्द्र उद्घाटन

१५ भाद्र २०७५, शुक्रबार १६:१९
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा न २३ मा नवनिर्मित स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ । उपमहानगरपालिकाका कार्यवाहक मेयर प्रमोद रिजालले शुक्रवार एक समारोहका बीच भवन उद्घाटन गरेका हुन् । उद्घाटनपछि उक्त भवन २३ नं. वडा कार्यालयलाई हस्तान्तरण गरेर स्वास्थ्य सेवासमेत शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक […]