छोटी भन्सार पुनर्स्थापना नहुँदा राज्यलाई लाखौंको घाटा

सदरलाइन संवाददाता ८ माघ २०७९, आईतवार १३:१९
 

नेपालगञ्ज : नेपाल–भारत सीमानाकामा रहेका छोटी भन्सार पुनर्स्थापना गर्न राज्यले चासो नदिँदा अवैध चोरी पैठारी बढेको छ । द्वन्द्वकाल अघि नेपाल–भारत सीमा नाका अन्तरगत बाँकेको सुइया बघौडा, नरैनापुर, भगवानपुर, होलियाको खडैचा, हिरमिनियाको भंघोटना, साईगाउँ र उढरापुरमा छोटी भन्सार संचालनमा थिए ।

असुरक्षाको कारण देखाउँदै द्वन्द्वकालमा एकसाथ विस्थापित भएका ति छोटी भन्सार अहिलेसम्म पुनर्स्थापना नहुँदा राज्यलाई दैनिक लाखौँ रुपैँया राजस्व घाटा हुँदै आएको छ ।

विस्थापित भएपछि छोटी भन्सार कार्यालयका भवन र अन्य संरचना पनि भत्किएका छन् । संरक्षण नहुँदा छोटी भन्सार कार्यालयका भवन काम नलाग्ने भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत समेत रहेका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनले नयाँ संरचना निर्माण भए मात्र छोटी भन्सार संचालन गर्न सकिने बताए । ‘अधिकांश ठाउँका छोटी भन्सार कार्यालय भवन भत्किएका छन् । बाँकी रहेका पनि जीर्ण भएर बस्न नमिल्ने अवस्थाका छन्,’ उनले भने, ‘नयाँ भवन नबनाउँदासम्म कार्यालय संचालन गर्न सकिने अवस्था छैन ।’


छोटी भन्सार पुनर्स्थापना नहुँदा राज्यलाई दैनिक लाखौँ रुपैँया राजस्व घाटा हुँदै आएको छ । विस्थापित हुनुअघि यी छोटी भन्सारले दैनिक सरदर एक लाख रुपैँया राजस्व संकलन गर्दै आएका थिए ।

छोटी भन्सार पुनर्स्थापना नभएपछि तस्कर र सर्वसाधारणले भारतबाट खुलेआम सामान ओसार पसार गर्दै आएका छन् । ‘छोटी भन्सार पुनर्स्थापना नहुँदा राजस्व संकलनको काम पूर्णरुपमा बन्द छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका बालबालिका लुम्बिनी सुधार गृहमा

८ माघ २०७९, आईतवार १३:१९
नेपालगञ्ज : कर्णाली प्रदेशमा बालसुधार गृह नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्ज पठाउनुपर्ने बाध्यता रहेको छ । कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिकाले कुनै अपराध गरे कारागार पठाउन नमिल्ने भएकाले बाल सुधार गृहमा राख्नुपर्ने बाध्यता छ । बालबालिकाले कसुरजन्य कार्य गरेपछि पक्राउ गरिए पनि बालगृह नहुँदा कर्णालीबाट बाहिरका सुधार गृहमा पठाउनुपर्ने बाध्यता […]