सदरलाइनडटकम,
दाङ : करेन्ट लागेर तुलसीपुरमा एकजनाको ज्यान गएको छ । करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका ११ उरहरीका जोगीलाल चौधरीको ज्यान गएको हो । बिज्ञापनको ब्यानर झुण्ड्याउने क्रममा सोमवार बिहान उनलाई करेन्ट लागेको थियो ।
करेन्टबाट घाईते भएका चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
