उच्च अदालत बार नेपालगन्जको चुनावी माहोल तातियो

१० भाद्र २०७५, आईतवार १८:५९
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उच्च अदलात बार एशोसिएशनको चुनावी माहोल तातिँदै गएको छ । यही भाद्र १६ गते हुने निर्बाचनका लागि कानुन ब्यबसायीहरु दुई समूह बनाएर चुनाबी मैदानमा छन् ।
निर्वाचन मिति नजिकिए सँगै दुवै समूह मतदाता घरदैलो अभियान जारी राखेका छन् । प्रगतिशिल पेशागत कानून ब्यावसायी समूहले आइतवार पत्रकार सम्मेलन गरि उम्मेदवार सार्वजनिक गर्नुका साथै आफ्नो एजेण्डा सार्वजनिक गरेको छ । एजेण्डा सार्वजनिक कार्यक्रममा अध्यक्षका उम्मेदवार विकास आचार्यले नेपालगन्ज उच्च अदालत बार एशोसिएशनको गुमेको साख जोगाउन आफूले उम्मेदवारी दिएको बताए ।
उनले कानून ब्यवसायीको साझा संस्थालाई कुनै पार्टी वा संगठनको क्रिडास्थल नबनाई साझा संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाए । आफ्नो समूहले जितेमा बारका सदस्य कानून ब्यावसायीको दुर्घटना विमा बनाउने प्रतिवद्धता जनाउँदै अध्यक्षका उमेदवार आचार्यले बारको गरिमा बढाउन बेन्च र बारबीचको सम्बन्ध सुधार गर्ने बाचा गरे ।
कानून ब्यवसायी तेजकुमार धितालले प्रजातान्त्रिक समूहबाट जितेर गएका बारका पदाधिकारीले दलिय आस्थाको आधारमा कानून ब्यवसायीलाई ब्यवहार गर्दै आएको आरोप लगाए । उनले दलीय आस्थाका आधारमा बार सञ्चालन गरेकै कारण बार प्रति जनविश्वास गुम्दै गएको बताए । पुनरावेदन बार एशोसियसनका पूर्व अध्यक्ष ध्रुव बस्यालले बारलाई राजनीति गर्ने थलोको रुपमा प्रयोग गरिएकै कारण कानून ब्यवसायीको अधिकार स्थापित हुन नसकेको बताए । उनले बारको मर्यादामा आँच पुग्ने कार्य पदाधिकारीले गरेको आरोपसमेत लगाए ।
आचार्यको समूहबाट उपाध्यक्षमा राजाराम गुप्ता, सचिवमा सुनिता शर्मा र कोषाध्यक्षमा रामचन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । सदस्य पदका लागि महिला तर्फ कुशुमा सुवेदी, पवित्र कुमार शर्मा, श्याम कुमार श्रेष्ठ, वीरेन्द्र कुमार बस्नेत, अजय राज जैसी, दण्ड कुमार चपाईँ, विश्वराज चौधरी (पछल्डङ्ग्या), टोप बहादुर थापा र गोविन्द बहादुर केसी रहेका छन् ।
प्रजातान्त्रिक कानुन ब्यबसायी समुहका अध्यक्ष उम्मेदवार शिबकुमार श्रेष्ठले बार र बेन्च बीचको सम्बन्धलाई सुदृढ़ बनाउँदै कानुन ब्यबसायीहरुको हकहित संरक्षण गर्नु आफूहरुको मुख्य एजेण्डा भएको बताएका छन् । उनले कानूनी शासन स्थापना गर्न आफ्नो समूहले बारमा उम्मेदवारी दिएको बताए ।

Next Post

शहरी विकास मन्त्री राईसहितलाई दुर्गादिदीले राखि बाँधे पछि (फोटो फीचर)

१० भाद्र २०७५, आईतवार १८:५९
सदरलाइनडटकम नेपालगन्ज : हिन्दूहरुको पर्व जनै पूर्णिमा तथा (राखि)को अवसरमा शहरी विकास मन्त्री मो. ईस्तियाक राईले नेपालगन्जको ब्रह्मकुमारी राज योग विश्व विद्यालयकी दुर्गा दिदीसंग राखी बाँधेर बाँधेर सामाजिक सद्भावको उदाहरण दिएका छन् । मुस्लिम समुदायका मन्त्री राईले विगत ३ वर्षदेखि दुर्गादिदीसंग राखी बाँध्दै आएको बताए । उनले सबैको आदरसम्मान गर्दै […]