दुई देशका सुरक्षा अधिकारीबीच भारतको नानपारामा बैठक सीमाक्षेत्रको शान्ति सुरक्षामा केन्द्रित रहेको सुरक्षा अधिकारीको भनाई

७ माघ २०७३, शुक्रबार १४:१३
 

सदरलाइनडटकम 
७  माघ, नेपालगन्ज : भारतको उत्तर प्रदेशमा आगामी महिना हुन लागेको प्रान्तिय निर्वाचन र सीमा क्षेत्रको समस्याका बारेमा नेपाल–भारतका प्रशाशक र सुरक्षा अधिकारीबीच समन्वय बैठक सम्पन्न भएको छ ।
भारतको उत्तर प्रदेशको नानपारामा आयोजना गरिएको सो बैठकमा उत्तर प्रदेशसंग सीमाना जोडिएका बाँके, बर्दिया, दाङ्ग र कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र भारतका श्रावस्ती, बहराईच र बलरामपुर जिल्लाका डिष्ट्रिक मजिस्ट्रेडका साथै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको नेपाल पक्षको प्रतिनिधित्व गर्दै बैठमा भाग लिएका बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले जानकारी दिए ।
उनले सो बैठकमा भारतको तर्फबाट गोरखपुर जोनका प्रहरी प्रमुख मोहित अग्रवाले नेतृत्व गरको बैठकमा सीमा क्षेत्रमा दुई देशका समस्याको बारेमा छलफल गर्नुको साथै भारतको उत्तरप्रदेशमा आगामी फागुन १६ गते हुने प्रन्तिय निर्वाचनको बेलामा सीमा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रको निगरानीमा केन्द्रीत हुँदै द्वीपक्षिय चासोको विषयमा छलफल भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल नेत्रहीन संघले रजत महोत्सवको अवसरमा वार्षिक कार्यक्रमहरु सार्वजनिक

७ माघ २०७३, शुक्रबार १४:१३
सदरलाइनडटकम   ८ माघ, काठमाडौं : नेपाल नेत्रहीन संघले रजत महोत्सवको अवसरमा वार्षिक कार्यक्रमहरु अघि सारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले १५ बुँदे वार्षिक कार्यक्रमहरु अघि सारेको हो। संघले अघि सारेका कार्यक्रमहरुमा सबै प्रदेशका मुख्य शहरहरुमा संख्याको उपलब्धिसहित मिडिया क्याम्पेन सञ्चालन गर्ने, दृष्टिविहीनहरुको सशक्तीकरणको लागि […]

सम्बन्धित