नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान, सभामुख महराद्वारा विदाई

४ भाद्र २०७५, सोमबार १४:५०
 

सदरलाइनडटकम,
काठमाण्डौ : एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि नेपाली क्रिकेट टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ । नेपाली टोलीले त्यहाँ तीनवटा क्लबसँगको अभ्यास खेलपछि भाद्र ११ गते श्रीलंकाबाटै मलेशिया जानेछ । एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल भाद्र ११ देखि २२ गतेसम्म मलेशियामा हुनेछ ।
नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलंकाको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्नेछ । दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग र अन्तिम अभ्यास खेलमा नेपालले कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ ।
खेलमा नेपालले आयोजक मलेसियासहित युनाइटेड अरब इमिरेट्स (युएई), हङकङ, सिंगापुर र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भाद्र १३, युएईसँग १४, आयोजक मलेसियासँग १६, सिंगापुरसँग १७ र हङकङसँग भाद्र १९ गते खेल्नेछ ।


सभामुख महराद्वारा शुभकामना
सभामुख कृष्णबहादुर महराले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित विदाई गरेका छन् । एशिया कप छनोटको तयारीका लागि श्रीलंका जान लागेको नेपाली टोलीलाई उनले सोमवार आफ्नै सरकारी निवास बालुवाटार बोलाएर बिदाई गरेका हुन् । क्रिकेट खेलमा नेपालको स्थान उच्च रहेको भन्दै सभामुख महराले क्रिकेट खेलले नेपाललाई विश्वसामु चिनाएकोले खेलाडीको प्रशंसासमेत गरे ।
एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गरेको उत्कृष्ट प्रदर्शनले आफू अत्यन्त खुशी भएको स्मरण गर्दै सभामुख महराले नेदरल्यान्ड्ससँगको खेलजस्तै मलेशियामा पनि उत्कृष्ट प्रदर्शन गर्न टोलीलाई आग्रह गरे ।

Next Post

पूर्वराजदूत झा हत्या अभियोगमा दुई पक्राउ

४ भाद्र २०७५, सोमबार १४:५०
सदरलाइनडटकम, काठमाण्डौ : आफ्नै निवासमा हत्या गरिएको अवस्थामा भेटिएका पूर्वराजदूत केशव झाको हत्याअभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ८० वर्षीय झाको टाउकोमा चक्कुले हानेको अवस्थामा सोमवार बिहान शव भेटपछि सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नयाब उपरीक्षक मोहनकुमार थापाले बताए । शव आफ्नै कोठामा शंकास्पद अवस्थामा […]