कोरोनाबाट बाँकेमा दुईजनाको मृत्यु

सदरलाइन संवाददाता २० माघ २०७८, बिहीबार १२:३२
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा दुईजनाको मृत्यु भएको छ ।

कोभिड वार्डमा उपचार गराइरहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ८६ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

माघ १३ गते कोरोना पुष्टि भएका उनी त्यसै दिन अस्पताल भर्ना भएका थिए । उनको बिहीवार विहान मृत्यु भएको हो ।


यस्तै भेरी अस्पतालमा उपचाररत दाङका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोभिड वार्डमा उपचार गराइरहेका शान्तिनगर गाउँपालिका ३ का ८० बर्षीय पुरुषको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए । माघ १६ गते कोरोना पुष्टि भएका उनी त्यसै दिन अस्पताल भर्ना भएका थिए । उनको बुधवार राती मृत्यु भएको हो ।

योसंगै बाहिरी जिल्लाका ४४२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने बाँके जिल्लाका ३४८ जनाको कोभिडबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार ४४ संक्रमित थपिए, ८६ डिस्चार्ज

२० माघ २०७८, बिहीबार १२:३२
नेपालगञ्ज : बाँकेमा बिहीवार थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३२ र एन्टिजेन परीक्षणमा १२ जनागरी ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ११, कोहलपुर मेडिकल […]

सम्बन्धित