सदरलाइनडटकम,
नेपालगन्ज : भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली पुगेका छन् । नेपालको प्रतिनिधित्व गर्दै उनी वाजपेयीको अन्त्येष्टिमा गएका हुन् । शुक्रवार अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा सहभागी भई पररष्ट्रमन्त्री ज्ञवाली शनिवार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै नेपाली काँग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि पनि नयाँ दिल्ली गएका छन् । भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि त्यहाँ गएका हुन् । नेपाल र नेपालीको शुभेच्छुक बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएका हुन् । बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा दिल्लीस्थित एम्स अस्पतामा निधन भएको थियो ।

