सदरलाइनडटकम दाङः लगातार वर्षातले गर्दा दाङको विभिन्न खोलामा बाढी आउँदा सोमवार बिहानैदेखि घोराही—लमही र घोराही–तुलसीपुर खण्डमा यातायात ठप्प भएको छ । घोराही लमही सडकखण्डको कटुवाखोलाबाट गाडीहरुले पार गर्न नसक्ने भएपछि डबरीको सडक प्रयोग गरेका छन् ।
यात्रा जोखिमपूर्ण भएपछि यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमही–घोराही–तुलसीपुर सडकखण्डमा पर्ने खोलाहरुमा बाढी आउँदा हरेक वर्षातमा यात्रा जोखिमपूर्ण हुने गरेको छ ।
प्रत्येक तीन किलोमिटरको फरकमा रहेका १० वटा खोलाहरुमा पुल नहुँदा बर्षातमा यातायात प्रभावित हुने गरेको छ । बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुर, पत्रे, संक्राम, ग्वार र काला खोलामा बाढी आएको छ ।
Next Post
सडक दुर्घटनामा एक घाइते
२८ श्रावण २०७५, सोमबार १५:५१
सम्बन्धित
-
२९ माघ २०७६, बुधबार १७:०६
खेसरीलाई ‘बैकल्पिक हिउँदेबाली’को रुपमा खेतीगर्ने बारे अनुसंन्धान गरिदै
-
१८ भाद्र २०७६, बुधबार १८:५२
कर्णाली शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट शुरु
-
२८ असार २०८१, बिहीबार १७:५८
राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
-
२४ पुष २०७६, बिहीबार १६:३९
सुर्खेतमा बस दुर्घटना, अठार घाइते
-
१९ मंसिर २०७९, सोमबार १८:५४
नेपालगञ्जका स्वास्थ्य संस्थामा उपप्रमुखको छड्के
-
१२ चैत्र २०७६, बुधबार १७:५०
पत्रकार सम्मेलनमा पुगेका पत्रकारलाई कोरोना संक्रमण