टुक्रे योजना बोकेर प्रदेश राजधानी नआउन मुख्यमन्त्री आचार्यको निर्देशन

सदरलाइन संवाददाता १६ माघ २०८१, बुधबार १८:१८
 

नेपालगञ्ज  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएकोले टुक्रे योजना बोकेर प्रदेश राजधानी नआउन निर्देशन दिएका छन ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बाँकेमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा बजेट केन्द्रित गर्ने बताएका हुन ।

‘योजनाहरु छरेर होइन, परिणामुखी बनाएर जाने सरकारले रणनीति बनाएको छ । प्रदेश सरकारले अव टुक्रे योजना बनाउदैन’उनले भने,‘मझौला र ठूला योजना कार्यान्वयनमा सरकारले ध्यान दिनेछ । व्यक्तिपिच्छे आउने योजनाहरुमा सरकारले बजेट राख्दैन ।’

आगामी बर्षको बजेट तथा कार्यक्रम बनाउदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने बताए । ‘संस्थागतरुपमा आएका योजनाहरुलाई अघि बढाउछौं । बजेट माग्न मन्त्रालयमा भिड लाग्न पर्दैन, पहुँच र पावर पनि चाहिदैन । आवश्यकता र तथ्यांकको आधारमा सरकारले बजेट तर्जुमा गर्छ’ उनले भने,‘योजना छनौंटमा देखिएको विकृती रोक्न कै लागि पाँच लाख भन्दा माथिका योजना प्रतिसपर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको हो । हरेक खाले विकृतीहरु रोक्न सरकार निर्मम भएर अगाडी बढिरहेको छ ।’


यस्तै चालु आर्थिक बर्षको स्वीकृत बार्र्षिक कार्यक्रम र प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर सहि ढंगले कार्यान्वयनको गति बढाएको बताए । बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजना बारे जानकारी गराएका थिए ।

सो क्रममा उनले ७० प्रतिशत भन्दा बढी योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा गइसकेको र बाँकी योजना पनि कार्यान्वयनको चरणमा रहेको जानकारी गराउदै भने, ‘प्रदेश सरकारले अघि सारेका गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनलाई अघि बढाएका छौं । चालु बर्षको बजेट सहि ढंगले कार्यान्वयनमा ध्यान दिएको छ । यो विचको सुशासनको पाटोलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौ । प्रदेश सरकार नागरिकहरुको भरोसाको केन्द्र बन्न सफल भएको छ । गाउँको मुहारहरु फेरिनुमा प्रदेश सरकारले अघि बढाएका योजनाका कारण हुन ।’

यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका काम र सम्पादन गरेका योजनाहरुमा सुझाव दिन समय कुर्नु नपर्ने बताए । ‘कतै कमि कमजोरी भेटाउनु भएको छ । देख्नु भएको छ भने सुझाव दिन समय कुर्नु पर्दैन । सिधैं भन्न सक्नुहुन्छ’ उनले भने ‘सरकारले सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्न चाहन्छ ।’

मुख्यमन्त्री आचार्यले आफु सरकारको नेतृत्वमा पुगेपछी प्रदेश सरकारले गरेका काम, प्राथमिकता, भावि योजना सहितका बिषयहरु समेटिएको प्रतिवेदन पार्टीका प्रदेश ईञ्चार्ज पद्मा अर्याल र पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री आचार्यलाई अर्घाखाची सम्पर्क मञ्च बाँकेको स्वागत

१६ माघ २०८१, बुधबार १८:१८
नेपालगञ्ज :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासनको क्षेत्रमा काम गर्न सुरुवात गरेको बताएका छन् । अर्घाखाची सम्पर्क मञ्च बाँकेले नेपालगञ्जमा अयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । उनले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा […]

ताजा अपडेट