नेपालगन्जका मेयर राणाप्रति काँग्रेसका वडाअध्यक्ष आक्रोशित

२२ श्रावण २०७५, मंगलवार १९:२३
 

सदरलाइन / यदुराज मिश्र
नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाप्रति वडाअध्यक्षहरु आक्रोशित भएका छन् । मेयर राणाले हस्तक्षेपकारी ढंगले काम गर्दै आएको भन्दै काँग्रेसका वडाअध्यक्षहरु आक्रोशित भएका हुन् ।
काँग्रेसका तर्फबाट उपमेयर बनेकी उमा थापा मगरसहित ८ जना वडा अध्यक्षले मंगलवार पत्रकार सम्मेलन गर्दै मेयर राणाले जनप्रतिनिधिको सल्लाहनै नलिई मनोमानी ढंगले काम गरेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा १२ नं. वडाका अध्यक्ष बुद्धिसागर सुवेदीले मेयर राणा विकास विरोधी भएको बताउँदै प्रत्येक योजना र कार्यक्रममा मेयर राणाले मनोमानी ढङले काम गरेको बताए । राज्यले उपमहानगरपालिकालाई दिएको अधिकार विपरित अघि बढ्न खोजेको आरोप लगाउँदै उनले दक्ष कर्मचारी ल्याउन मेयरले अवरोध सिर्जना गरेको जिकिर गरे ।
उपमहानगरपालिकामा महाशाखा गठन गर्ने विषयमा विवाद भएपछि काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधी र मेयर वीच विवाद चुएिको छ । वडा नं. २ का वडा अध्यक्ष सुनिल सिंह हमालले नेपालगन्ज राजपत्रमा उल्लेख भएका योजनालाई समेत मेयरले अन्य शिर्षकमा रकम खर्च गर्ने गरेको बताए । शिक्षा शाखाको बजेट अन्य शिर्षकमा लैजान खोजेका मेयर राणाले विरोध गरेपछि रोकिएको उनले जानकारी दिए ।
उपमहानगरपालिकामा विभिन्न विषयगत समितिका महाशाखा गठन गर्ने विषयमा विवाद भएपछि दुई पक्ष आरोपप्रत्यारोपमा उत्रिएका छन् । मेयर राणा महाशाखा गठन गर्न नहुने र काँग्रेस निकटका जनप्रतिनिधीहरु महाशाखा गठनको पक्षमा उभिएपछि विवाद भएको थियो । विवाद समाधानका लागि भएको मतदानमा महाशाखा गठन गर्न नहुने पक्षमा १८ र गठन गर्ने पक्षमा ८ मत प्राप्त भएको थियो ।
बहुमतको बलमा मेयर राणाले नगरको विपक्षमा काम गरेको वडा नं. १३ का अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए । उनले उच्च तहका कर्मचारीले आफूले भनेका नमान्ने र आफूले गरेका निर्णय कार्यान्वयन गर्न अवरोध सिर्जना गर्ने डरले मेयरले महाशाखा गठन नगरेको बताए ।  

Next Post

तराई जनतान्त्रिकका अध्यक्ष भगतसिहले नेपालगन्ज कारगारमै पुगेका ५ नं. प्रदेशका कानूनमन्त्री केसीलाई भने : हामीसंग धोका भो ! (भिडियो सहित)

२२ श्रावण २०७५, मंगलवार १९:२३
सदरलाइन / रुद्र सुवेदी नेपालगन्ज : प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीले मंगलबार नेपालगन्ज कारागारमा रहेका तराई जनतान्त्रिक मुक्ति मोर्चा (भगतसिंह) समुहका केन्द्रीय अध्यक्ष भगतसिहसंग आगन्तुक भेट्ने कक्षमा भेटेका छन् । मन्त्री केसीे नेपालगन्ज कारागारमा रहेका कैदीबन्दी र थुनुवाको सेवा सुविधा तथा उनीहरुको अवस्था बारे […]