नरैनापुरको कार्यपालिकामा कांग्रेसको बहुमत

सदरलाइन संवाददाता २० जेष्ठ २०७९, शुक्रबार १६:२५
 

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका कार्यपालिका सदस्य निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । ६ जना कार्यपालिका सदस्यका लागि शुक्रवार भएको निर्वाचनबाट कांग्रेसका सबै उम्मेदवार विजयी भएका हुन् ।

महिला सदस्यमा कालावती धोवी, मायावती धोबी, मोहर बासा धोवी र समुन्दरा धोवी विजयी भएका हुन् । यस्तै दलित अल्पसंख्यकतर्फ अब्दुल रैमान नाउ र सन्तोष कुमार श्रीवास्तव विजयी भएका छन् ।


कांग्रेसका सबै उम्मेदवारहरुले १९ मत पाएका छन् । निकटतम् प्रतिद्वन्दी जसपाका सबै उम्मेदवारहरुले १३ मत पाएका छन् । कांग्रेसको २० मत मध्ये १ मत जसपातिर गएको देखिएको छ ।

अब कार्यपालिका बोर्डमा कांग्रेसको सुविधाजनक बहुमत पुगेको छ । १४ सदस्यीय बोर्डमा कांग्रेसका १० जना पुगेका छन् । नरैनापुरमा अध्यक्ष र उपाध्यक्ष भने जसपाले जितेको थियो । ६ वडामध्ये १, ४, ५ र ६ मा कांग्रेस तथा २ र ३ मा जसपा विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा सडक दुर्घटनामा एक जनाको मृत्यु

२० जेष्ठ २०७९, शुक्रबार १६:२५
नेपालगञ्ज : कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीवार राती कोहलपुर नगरपालिका १५ अकलघरुवास्थित सडक किनारामा रोकिराखेको भे १ त ८९०६ नम्बरको ट्रयाक्टरमा भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक खजुरा गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय सुमन शर्माको घटनास्थलमै मृत्यु भएको इलाका […]