कोरोना महामारीको कारण रोकिएको नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारु

सदरलाइन संवाददाता १४ कार्तिक २०७८, आईतवार १६:२१
 

 

नेपालगञ्ज  : कोरोना संक्रमणको कारण दुई वर्षदेखि रोकिएको नेपाल–भारत मैत्री बससेवा आईतवारबाट पुन सञ्चालनमा आएको छ । कोरोना संक्रमणको कहर क्रमश घट्दै गएकोले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा आइतवारदेखि पुनः शुरु हुने भएको हो ।

भेरी यातायात प्रालिले नेपाली नम्बरको बस नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि पुनः सञ्चालनमा ल्याउने तयारी गरेको प्रालिका अध्यक्ष राजेन्द्र गिरिले जनाकारी दिए । उनले कोरोना महामारीको कारणले गर्दा दुईवर्ष अघि सञ्चालनमा ल्याईएको सो बस सेवा बन्द गर्नु पर्दा त्यसबाट व्यवसायीलाई ठूलो नोक्सानी भएको बताए । उनले यसबीचमा टुर्स ट्राभल्सका नाममा टिकट काटेर नेपालीलाई अलपत्र पार्ने गिरोहका कारण भारतका विभिन्न शहर जाने यात्रीलाई मैत्री बसको यात्राले भरपर्दो र सुरक्षित सेवा दिने दाबी गरे ।

कोरोना संक्रमण घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरी सो बस सेवा शुरु गर्न लागिएको उनले बताए । अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनउबाट नेपालगञ्जका लागि राती ८ बजे छुट्ने छ । यसैगरि दिल्लीका लागि साँझ ५ बजे नेपालगञ्जबाट छुट्ने र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजे नै बस छुट्ने छ ।


यस्तै हरिद्वारका लागि नेपालगञ्जबाट राती ८ बजे बस छुट्ने र हरिद्धारबाट नेपालगञ्जका लागि अपरान्ह ४ बजे बस छुट्ने छ । लामो समयदेखि रोकिएको सो बस सेवा फेरी सुचार भएपछि दिल्ली, लखनउ र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ ।

रुपैडिहाबाट हरिद्वार र दिल्ली जाने नेपालीहरु धेरै ठाउँमा ठगिने गरेकोले पनि नेपाल भारत मैत्री बस सेवाबाट ती ठाउँको यात्रा गर्नेलाई सुरक्षित र सहज यात्रा गर्ने अवसर समेत मिल्ने भेरी यातायात प्रालिले जनाएको छ । रोकिएको मैत्री बस सेवा शुरु भएपछि दुबै देशविच व्यापार व्यवसाय समेत बढ्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताए ।

उनले–‘ कोरोनाले थलिएको यतायात व्यवसायलाई मैत्रीबस पुनः सञ्चालन हुँदा व्यवसायमा ठूलो प्रभाव पार्ने छ ।’ उनले यस सेवाले रुग्ण अवस्थामा रहेको व्यावसाय पुन सञ्चालन हुने र गतिलिने विश्वास व्यक्त गरे । न्युज कारखानाबाट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा बहुविवाह बढ्दो

१४ कार्तिक २०७८, आईतवार १६:२१
दैलेख : दैलेखमा बहुविवाह गर्नेको सङ्ख्या बढ्दै गएको छ । प्रहरी हिरासतमा राखिएका १० जनामध्ये ६ जना बहुविवाहको आरोपितहरु हुनुले दैलेखमा बहुविवाह अपराध बढ्दै गरेको छ भन्ने पुष्टि गरेको छ । इन्सेकले सन् २०२१ को जनवरीदेखि सेप्टेम्बरसम्म सङ्कलन गरेको मानव अधिकार ज्यादतीका ८४ घटनामा १५ वटा बहुविवाहका घटना छन् । […]