बाम गठबन्धनका उम्मेदवारलाई जयसपुर र रनियापुरका मुस्लिम समुदायद्वारा भब्य स्वागत

२९ कार्तिक २०७४, बुधबार १७:२०
 

सदरलाइनडटकम  
२९ कात्तिक, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं.३ का बाम गठबन्धन उम्मेदवारहरुलाई जयसरपुर र रनियाँपुरका मुस्लिम मतदाताहरुले भव्य स्वागत गरेका छन । बुधबार जयसपुरमा घरदैलोमा पुगेका क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा २ ख का उम्मेदवार बाबुराम गौतमलाई पुर्ब गाविस अध्यक्ष कलिम अन्सारी लगायतका स्थानीय मतदाताले उम्मेदवारलाई भव्य स्वागत गरेका हुन । अन्सारीले यसपटक जयसपुरका मतदाता बामगठबन्धनको पक्षमा रहेको बताउदै अफुहरु स्थिर र विकास प्रेमी सरकारको लागि बाम गठबन्धनको साथमा हुने प्रतिबद्धता व्यक्त गरे ।
जयसपुरमा घरदैलोका लागि उम्मेदवारद्वय रोकाय र गौतमसहित निर्वाचन परिचालन कमिटिका संयोजक दलबहादुर सुनार, बाम गठबन्धनका नेताहरु इन्दबहादुर थापा, रक्षाराम बर्मा लगायत पुगेका थिए । मतदाताको घरदैलोमा पुग्दा उम्मेदवारद्वय रोकाय र गौतमलाई मुस्लिम समुदायका जेष्ठ नागरिकहरुले विजयीका लागि आर्शिवाद समेत दिएका थिए ।


यसैगरी बाम गठबन्धन निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश १ को आयोजनामा रनियापुरमा बुधबार भेला भएको छ । भेलामा प्रदेशसभाका उम्मेदवार आईपी खरेलले रनियापुर अहिले पनि शोषण र उत्पिडनमा परेको भन्दै विकास र अधिकारका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे ।
उनले रनियापुरमा सडक कालोपत्रेलाई आफुले प्राथिमिकता दिने बताए । कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक तुफान, शालिकराम खडका, गुमान दमाई लगायतले राजनीतिक स्थायीत्वका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरेका थिए । चिसापानीमा पनि बुधबार नै बाम गठबन्धनले भेला सम्पन्न गरेको छ ।


    

Next Post

डिजिटल प्रविध मार्फत प्रचार अभियान चलाउदै संघिय समाजबादी फोरमका उम्मेदवार ईस्तियाक

२९ कार्तिक २०७४, बुधबार १७:२०
सदरलाइनडटकम   २९ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गतेको निर्बाचनमा आफ्नो पक्षमा मतदातालाई प्रभावित गर्नको लागि बाँकेका उम्मेदवारहरु प्रविधिलाई समेत प्रयोग गर्न थालेका छन् । यस क्रममा संघीय समाजवादी फोरम नेपाल बाँके, क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले पछिल्लो समय आफ्नो चुनावी अभियानलाई डिजिटल प्रचार अभियान मार्फत अघि […]

ताजा अपडेट