नेपालगन्ज उप–महानगरले गर्यो ‘नेपालगन्ज राजपत्र’ सार्वजनिक

८ श्रावण २०७५, मंगलवार १९:२७
 

सदरलाइनडटकम
नेपालगन्ज : नेपालगन्ज उप–महानगरले ‘नेपालगन्ज राजपत्र’ सार्वजनिक गरेको छ । उप–महानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यविधि र निर्देशिका राजपत्रमा प्रकाशन गरि सार्वजनिक गरेको हो ।
मंगलबार प्रतिनिधिसभा सदस्यहरु महेश्वर गहतराज अथक, नन्दलाल रोकाया, प्रदेश सभा सदस्य बाबुराम गौतम, जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवस्तव, नगर प्रमुख डा. धवल शम्शेर राणा, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र उपप्रमुख उमा थापामगरले प्रमाणिकरण भएका २७ वटा कानूनको रुपमा समेटिएको ‘नेपालगन्ज राजपत्र’ सार्वजनिक गरेका हुन ।
त्यस अवसरमा सांसद गहतराजले संघीय पुनसंरचनामा अधिकार सम्पन्न तीन सरकारका कानून र प्रक्रिया फरक भए पनि नेपालको मूल कानून अनुसार नै अघि जाने कुरामा जोड दिए । उनले स्थानीय तहमा देखिएका समस्यालाई अब तत्काल व्यवस्थापन गर्नुपर्ने बताउदै आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे ।
प्रतिनिधि सभा सदस्य रोकायाले राजनीतिक खिचातानीले विकास नहुने भन्दै विकासमा साझा मुद्धा पहिचान गरेर अघि बढनु पर्ने आवश्यक्ता औल्याए । कानून र प्रक्रियाले नै विकासको गती बढाउने भएकाले यसको अक्षरस पालनु गर्नु पर्नेमा उनको जोड थियो । प्रदेश सभा सदस्य गौतमले जनप्रतिनिधि र कर्मचारीबीचको सौहार्द सम्वन्धले नै सेवा प्रवाह प्रभावकारी हुने दाबी गरे ।
नगर प्रमुख राणाले कानून निर्माणले सेवा प्रवाहसँगै विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगर उपप्रमुख थापामगरले कानून सार्वजनिकतासँगै कार्यान्वयन र अपनत्ववोध गर्ने बातावरण बनाइनुपर्नेमा जोड दिईन । प्रमुख प्रशासकीय अधिकृत तोय नारायण सुवेदीले कानून निर्माणले कर्मचारीलाई काम गर्न र जनतालाई सेवा प्रवाह गर्न सहज र प्रभावकारी हुने बताए ।
सो राजपत्रमा भाग एक अन्तर्गत आर्थिक ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, विनियोजन ऐन, सहकारी ऐन, प्रशासनिक कार्यविधि ऐन, कृषि व्यवसाय प्रबद्र्धन ऐन, न्यायिक समिति कार्यविधि ऐन, २०७४, रेडियो तथा एफ.एम.सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७४, अनुगमन तथा मुल्यांकन सम्वन्धी कार्यविधि २०७५ र भाग २ मा १६ नियमावली, कार्यविधि, निर्देशिका र आचारसंहिता रहेका छन् ।
सो अवसरमा उप–महानगरपालिकाको समग्र विकासमा विभिन्न क्षेत्रबाट सहयोग तथा योगदान पु¥याउने २८ जना व्यक्ति तथा संघ संस्थालाई पनि कदर पत्र र नगदसहित सम्मान गरिएको थियो । उपमहानगरपालिको विकासमा सञ्चारका क्षेत्रबाट योगदान पु¥याएका दैनिक नेपालगन्ज र कृष्णसार एफएम, नियमित करदाताका रुपमा राही ट्रेडसका खुर्सीद अहमद हलवाई र सफल व्यवसायीका रुपमा कन्हैयालाल वैद्य तथा उत्कृष्ट निर्माण व्यवसायीका रुपमा राप्ती गणेश कन्सट्रक्शनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला न्यायधिश विष्णु सुवेदी, नेकपाका अशोक कोइराला, काँगे्रस बाँके सभापति किरण कोइराला, राप्रपा बाँके अध्यक्ष नरेन्द्र पौडेल, संघीय समाजवादी फोरमका लक्ष्मीनारायण बर्मा, गैसस महासंघ बाँके अध्यक्ष सपना भटराई, वडा न १२ का अध्यक्ष बुद्धीसागर सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Next Post

बर्दियामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु

८ श्रावण २०७५, मंगलवार १९:२७
सदरलाइन / सिराज खान   बर्दिया : कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको पठन सीप क्षमतामा सुधार ल्याई उनिहरुको शैक्षिक जग बलियो बनाउने उदेश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु गरिएको छ । सोही कार्यक्रमलाई बाँके जिल्लामा समुदाय परिचालनतर्फ सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बाँके युनेस्को क्लबले नै […]