संविधान निर्माणपछि मुलुकमा राजनीतिक विवाद छैन : सभामुख महरा

८ श्रावण २०७५, मंगलवार १८:५४
 

सदरलाइन / राज सुवेदी, सौजन्यराज श्रेष्ठ,   
नेपालगन्ज : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संविधान निर्माण भएपछि मुलुकको राजनीतिक विवाद सकिएको दाबी गरेका छन् । उनले मंगलबार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको शिलान्यास गर्दै सो कुरा दाबी गरेका हुन ।
उनले भने–‘अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी छ । मुलुक बनाउन अहिले पनि थुप्रै चुनौती छन्, तर सामूहिक संकल्प गरेर अघि बढियो भने सफलता अवश्य पाइन्छ ।’
उनले संघीयताको कार्यान्वयन मुख्य प्राथमिकतामा राखेर सरकार गतिवान् हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक पर्ने कानून निर्माण संघीय सभाबाट भइरहेको जानकारी दिए ।
सभामुख महराले नेपालगन्ज पश्चिम नेपालको शैक्षिक हब भएकाले यहाँको शैक्षिक विकासमा आफ्नो सबै खाले सहयोग रहने प्रतिबद्धता जनाए । सोही क्याम्पसमा ४० वर्षअघि आइएस्सीमा अध्ययन गरेका सभामुख महराले आफ्नो विद्यार्थी जीवनको भोगाइका स्मरणीय पलहरु पनि सुनाएका थिए ।
सो अवसरमा संघीयसभाका सांसदद्वय नन्दलाल रोकाय र महेश्वर गहतराजले क्याम्पसको पूर्वाधार र शैक्षिक विकासमा विद्यार्थीको अहम् भूमिका हुने बताए ।
कार्यक्रममा शिक्षाका विकासमा महत्वपूर्ण योगदान पु¥याएका प्राध्यापक डा. गोपालप्रसाद अधिकारी र मोहनजङ्ग शाहलाई महराले कदरपत्र प्रदान गरेका थिए । एक वर्ष भित्र निर्माण सक्ने गरी ३० कोठे नयाँ क्याम्पस भवनका लागि छ करोड ८९ लाख लागत खर्च लाग्ने बताईएको छ । प्रशिक्षार्थी 

Next Post

नेपालगन्ज उप–महानगरले गर्यो ‘नेपालगन्ज राजपत्र’ सार्वजनिक

८ श्रावण २०७५, मंगलवार १८:५४
सदरलाइनडटकम नेपालगन्ज : नेपालगन्ज उप–महानगरले ‘नेपालगन्ज राजपत्र’ सार्वजनिक गरेको छ । उप–महानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यविधि र निर्देशिका राजपत्रमा प्रकाशन गरि सार्वजनिक गरेको हो । मंगलबार प्रतिनिधिसभा सदस्यहरु महेश्वर गहतराज अथक, नन्दलाल रोकाया, प्रदेश सभा सदस्य बाबुराम गौतम, जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवस्तव, नगर प्रमुख डा. धवल […]