‘सर्पदंशका विरामी झारफुक मै अल्झिदा जोखिम बढ्दो’

४ श्रावण २०७५, शुक्रबार १२:३८
 

सदरलाइनडटकम 
नेपालगन्ज  : सर्पदंशका विरामी अस्पताल आउनुको साटो गाउघर मै झारफुकको भरपर्दा अत्यन्तै जोखिममा पर्ने गरेका छन् । बिहीबार राति घरमै सुतेको अवस्थामा सर्पदंशका सिकार भएका बाँकेका दुईजना झारफुकको भरपर्दा अत्यन्तै जोखिम युक्त अवस्थामा अस्पताल आईपुगेपछि सो कुराको जानकारी भएको हो ।
बाँके खजुरा गाउपालिका–१ का ४२ वर्षिय पदमबहादुर थापालाई बिहीबार राती करिव पौने १२ बजे शौचगर्न जाँदा गालामा सर्पले डसेपछि गाउघरमै उनलाई झारफुक गर्दा विरामीलाई चाप्दै गएपछि उनलाई बिहान ३ बजे मात्र अस्पताल ल्याई पुर्याईएको थियो ।
यसैगरी बाँके डुडुवा गाउपालिका होलियाका १२ वर्षिय अरमान दर्जीलाई सुतेकै अवस्थामा हातको औलामा राती १ बजेतिर डसेपछि गाउघरमै झारफुक गर्दा विरामी लठ्ठीदै गएपछि विहान ४ बजेमात्र भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको लागि ल्याईएको थियो ।
भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट तथा सर्पदंशका विरामीको उपचार गर्दै आएका डा. कृष्ण आचार्यले सर्पदशंका विरामी अझैपनि झारफुकको भर परेर अत्यन्तै क्रिटिकल अवस्थामा अस्पताल आउने गरेको बताए ।
थापा र दर्जीको आईसियुमा राखेर उपचार भईरहेको छ । दुबैको अवस्था अस्पताल आउदा अत्यन्तै जोखिम अवस्थामा रहेको तर, अहिले सुधारोन्मुख रहेको उपचारमा संलग्न डा. आचार्यले जानकारी दिए । उनले भने–‘ अझै पनि सर्पदंशका विरामी गाउघरमा झारफुकको भरपर्दा ज्यान गुमाउने तथा अस्पताल आईहाले पनि अत्यन्तै क्रिटिकल अवस्थामा आउने गरेका छन् ।’
उनले सर्पले डसेका विरामी मध्ये केही विष रहित सर्पले टोकेको अवस्थामा बिरामीलाई हौसला मात्र दिदा ठिक हुने कुरालाई झारफुक गरेर ठिक भएको भन्ने भ्रम तथा अवफाहका कारण सर्पले डसेका विरामी झन जोखिममा पर्ने गरेको जानकारी दिए ।
उनले भने–‘सबै सर्प विषालु हुदैनन् । विष नभएका सर्पले टोकेको विरामीलाई झारफुक गर्दा ठिक भयो भन्ने भ्रमका कारण मानिस जोखिममा पर्ने गरेका छन् । सर्पले डसे लगत्तै अस्पताल पुर्याउन सके मात्र जोगिन सकिन्छ भन्ने सन्देस गाउ–गाउमा फैलाउन आवश्यक छ ।’
उनले बैशाख यता भेरी अञ्चल अस्पतालमा सर्पदंशबाट पीडित भई उपचारको लागि दैनिक ५–६ जनाको दरले आउने गरेको जानकारी दिदै भने–‘अधिकांश विरामीलाई सुतेको बेला विस्तरामै डसेको पाईएको छ । गर्दन, टाउको, कान, ढाडमा बढी छ ।’ सर्प दंशबाट बैशाख यता ११ जनाले ज्यान गुमाई सकेका छन् ।  

Next Post

बसको ठक्करले निकुञ्जमा बदेल मारियो

४ श्रावण २०७५, शुक्रबार १२:३८
सदरलाइन / गीता आचार्य  नेपालगन्ज  : पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको शम्शेरगन्ज कुशुम सडकखण्डमा पर्ने बाँके राष्ट्रिय निकुञ्जको ओभरी चेकपोष्ट नजिकै यात्रुबाहक बसको ठक्करबाट शुक्रबार बिहान एउटा बदेल मरेको छ । नेपालगन्जबाट नारायणघाटका लागि छुटेको ना ६ ख ६१८५ नम्वरको बसले विहान पौने ९ बजेतिर निकुञ्जको चेकपोष्टबाट ३ किलोमिटर पूर्व बाटो […]