नेपालगन्ज भन्सारले लक्ष भन्दा २३ प्रतिशत बढी भन्सार राजस्व उठायो

४ श्रावण २०७५, शुक्रबार १०:२७
 

सदरलाइनडटकम
नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा झण्डै २ अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ ।
भन्सार विभागले आर्थिक वर्ष २०७४/ ७५ मा ८ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेकोमा भन्सार कार्यालय नेपालगन्जले १० अर्ब २७ करोड २२ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । यो लक्ष्यभन्दा २३ प्रतिशतले बढी राजस्व संकलन भएको हो ।
निमित्त प्रमुख भन्सार अधिकृत माधवप्रसाद आचार्यले आर्थिक वर्ष २०७३/०७४ को भन्दा आर्थिक वर्ष ०७४/०७५ मा ३ अर्ब ६ करोड ४९ लाख बढी राजस्व संकलन भएको जानकारी दिए ।
निमित्त प्रमुख भन्सार अधिकृत आचार्यका अनुसार सबैभन्दा बढी राजस्व हाईस्पीड डिजेलबाट संकलन भएको छ । हाई स्पीड डिजेलबाट १ अर्ब ७१ करोड ७८ लाख ९ हजार, पेट्रोलबाट ६७ करोड १६ लाख ६४ हजार ८ सय, सिमेन्ट क्लिङकरबाछ ५० करोड, ६७ लाख ६५ हजार, चामल तथा कनिकाबाट ४० करोड ८७ लाख७४ हजार राजस्व संकलन भएको बताए ।
उनले नेपालगन्ज भन्सार कार्यालय हुँदै आयात हुने एलपी ग्याँस, चिनि, खरानी स्ल्याग, प्लास्टिकका सिट, फिल्म, फ्वाईल, दाना पत्ता आदी, कपर स्क्रप, पत्थर कोईला, भेनियर सिट, सिमेन्ट खौरो, एटिएफलगायत गरी विभिन्न २२ प्रकारका बस्तुहरु नियमित आयात हुने गरेको र राजस्वका स्रोत पनि यिनै भएको जानकारी दिए ।
उनले नेपालगन्ज भन्सार कार्यालय हुँदै निकासीको अवस्था भने अत्यन्तै नाजुक रहेको बताए । उनले आर्थिक वर्ष २०७४/०७५ मा नेपालगन्ज भन्सार कार्यालयबाट ६२ लाख १८ हजार ७ सय १ रुपैया रजस्व संकलन भएको जानकारी दिए ।
नेपालगन्ज भन्सारबाट बनस्पति जन्य उत्पादनहरु, जडिबुटी, गहुँको पिठो, राँगाको फ्रोजन मासु, तार्पिन तेल, रोजिन, नौनी बटर, एसेन्सीयल आएल, अदुवा सुठो, रद्दी कागज, फलामे पत्रु चोकर, भुस, पिना लगायतका विभिन्न २२ शिर्षक बस्तुहरु नियमित निकासी हुने गरेको तथ्याङ्क भन्सार कार्यालयले दिएको छ ।
उनले भन्सार विभागले चालु आर्थिक वर्षको लागि १२ अर्व ३३ करोड भन्सार राजस्व लक्ष नेपालगन्ज कार्यालयलाई दिएको जानकारी दिए । ‘हरेक आर्थिक वर्षको साउन महिनामा लक्ष पुराउन अलि कठिन हुने भएपनि अन्य महिनामा भने लक्षभन्दा वढी नै राजस्व संकलन हुने ट्रेण्डले पनि भन्सार विभागले यो वर्ष गत आर्थिक वर्षको भन्दा ४ अर्व बढि राजस्व लक्ष दिएको छ’–उनले भने–‘ हेर्दा अलि चुनौती देखिए पनि सहजै लक्ष पुरा गर्ने संकल्प लिएका छौ ।’

Next Post

‘सर्पदंशका विरामी झारफुक मै अल्झिदा जोखिम बढ्दो’

४ श्रावण २०७५, शुक्रबार १०:२७
सदरलाइनडटकम  नेपालगन्ज  : सर्पदंशका विरामी अस्पताल आउनुको साटो गाउघर मै झारफुकको भरपर्दा अत्यन्तै जोखिममा पर्ने गरेका छन् । बिहीबार राति घरमै सुतेको अवस्थामा सर्पदंशका सिकार भएका बाँकेका दुईजना झारफुकको भरपर्दा अत्यन्तै जोखिम युक्त अवस्थामा अस्पताल आईपुगेपछि सो कुराको जानकारी भएको हो । बाँके खजुरा गाउपालिका–१ का ४२ वर्षिय पदमबहादुर थापालाई […]

सम्बन्धित