अमृतपाल सिंह भारतको पञ्जाबबाटै पक्राउ

सदरलाइन संवाददाता १० बैशाख २०८०, आईतवार १२:५२
 

नेपालगञ्ज : खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका हुन् ।

पञ्जाब प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार उनी आइतवार विहान पक्राउ परेका थिए । नेपालमा आएको भन्दै भारत सरकारले खोजी गरिदिन आग्रह गरेको थियो ।


हिन्दुस्तान टाइम्सले प्रहरी स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचार अनुसार उनलाई राष्ट्रिय सुरक्षा ऐन अनुसार पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।

उनै सिंह नेपालमा बसेको हुनसक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग खोजवीनको लागि आग्रह गरेपछि नेपाली सुरक्षाकर्मीहरुले उनको खोजीमा चासो दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा एथलेटिक्स सेन्थेटिक ट्रयाक बन्दै

१० बैशाख २०८०, आईतवार १२:५२
नेपालगञ्ज : नेपालगञ्ज रङ्गशालामा निर्माण गर्न लागिएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको आईतबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरेका छन् । ११ करोड ६४ लाख रुपैयाँमा १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ट्रयाक निर्माणको जिम्मेवारी प्रतिक्षा कन्स्ट्रक्शन प्रालिले पाएको सदस्य सचिव घिसिङले बताए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका […]