दरबन्दी एक कर्मचारी दुई ! काजमै करिव ६ वर्ष

२ श्रावण २०७५, बुधबार ११:०५
 

सदरलाइनडटकम
नेपालगन्ज : भेरी अञ्चल अस्पतालको संस्थागत स्वास्थ्य क्लिनिकमा अस्पताल नर्सिङ्ग निरिक्षक पदमा एउटै दरबन्दीमा दुई जना स्टाफ नर्श कार्यरत रहेको पाईएको छ ।
स्वास्थ्य सेवा विभाग टेकुले २०६९ मंसिर २९ गतेको पत्रले अस्पताल नर्सिङ्ग निरिक्षक प्रमिला गुप्तालाई भेरी अञ्चल अस्पतालबाट क्षेत्रीय अस्पताल सुर्खेतमा सरुवा गरे पनि गुप्ताले २०६९ पुस १६ गते क्षेत्रीय अस्पतालबाट पुनः काजमा भेरी अस्पताल मै आएर हालसम्म पनि काज फिर्ता नभएपछि एउटै दरबन्दीमा दुईजना कर्मचारी भएका हुन ।
स्वास्थ्य सेवा ऐन अनुसार एउटै संस्था र स्थानमा एउटै व्यक्ति ३० दिन भन्दा बढी काजमा बस्न पाईदैन तर, सो दरबन्दीमा दुई–दुई जना सरुवा भएर आउदा समेत काजमा कार्यरत गुप्तालाई काज फिर्ता नगर्नु अनौठो मानिएको छ । २०६९ मंसिरमा गुप्ताको ठाँउमा सरुवा भएर आएकी तारा नाथ योगी समेत सरुवा भएर सो ठाँउमा सुभद्रा रोका आएपछि एउटै दरबन्दीमा दुई जना कर्मचारी कार्यरत भएका हुन ।
‘गुप्ता तारा सरुवा भएर आउदा पनि उनी काजमै कार्यरत थिईन तारा सरुवा भएपछि २०७२ कत्तिक ३० मा सुभद्रा सरुवा भएर आईन उनी आउदा पनि हालसम्म गुप्ताले बुजबुजारत समेत नगरी कार्यरत रहेकी छन्’–स्रोतले भन्यो–‘अस्पताल प्रशाशन र लेखाले दरबन्दीमा भएको कर्मचारी रोका हाजिर हुँदा पनि काजमा रहेकी गुप्तालाई समेत तलब भत्ता खुवाउनु अनौठो मानिएको छ । आर्थिक प्रशाशन ऐन समेतको आकर्षण हुने अवस्थामा पनि करिव ६ वर्षदेखि गुप्तालाई नियमित काजमा राखेर तलब खुवाउनु अर्थपूर्ण रहेको छ ।’
२०७२ कक्तिक ३० मा ताराको सरुवा भएपछि रोका भेरी अञ्चल अस्पतालको संस्थागत क्लिनिकमा हाजिर हुन आएकी थिईन । रोका आएपछि पनि गुप्ता सोही दरबन्दी मै काजमै बसिरहेकी छन ।
अस्पताल प्रशाशनले काजमै रहेकी गुप्तालाई काममा लगाउदै आएको पाईएको छ ।
स्वास्थ्य सेवा विभागले संघियता कार्यान्वयनको लागि सबै काजमा रहेकालाई सम्बन्धित ठाँउमा काज फिर्ता गरी रमना दिनु भन्ने आशयको पत्र २०७५ जेठ २८ गते आउदा समेत काज फिर्ता हुन सकेको छैन ।
सुभद्राले आफु सरुवा भएको दरबन्दी अनुसार तत्कालिन पुनरावेदन अदालत नेपालगन्ज हाल उच्च अदालत तुलसीपुर नेपालगन्ज बेन्चमा पद अनुसारको जिम्मेवारी पाउन रिट हालेको र सो अदालतबाट सुभद्राको पक्षमा परमादेश जारी गरेपछि स्वास्थ्य सेवा विभागले फैसला कार्यान्वयन गर्न २०७४ साउन ६ गते पत्र पठाएको तर, गुप्ताले भने सो फैसला कार्यन्वयनका विरुद्ध सर्वोच्च अदालतमा परमादेश गरिपाउ भन्ने रिट दर्ता गराउदा पनि तल्लो अदालतकै फैसलालाई सदर गर्दै परमादेश जारी गर्न नपर्ने उल्लेख छ ।
यसैबीच भेरी अञ्चल अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाशबहादुर थापाले आफु केही दिन अघिमात्र जिम्मेवारी पाएको र सो बारेमा अदालती प्रकृयामा रहेको भन्ने जानकारी आफुलाई भएको बताए । अदालती प्रकृयामा रहेको विषय भएकोले उनले सो बारेमा बिस्तृत बुझेपछि मात्र थप जानकारी दिन सक्ने बताए ।


Next Post

एक वर्षमा बाँकेबाट ८ सयलाई बैवाहिक अंगिकृत नागरिकता

२ श्रावण २०७५, बुधबार ११:०५
सदरलाइनडटकम नेपालगन्ज  : जिल्ला प्रशासन कार्यालय बाँकेले आर्थिक वर्ष २०७४/०७५ मा ८ सयलाई बैबाहिक अंगिकृत नागरिकता बितरण गरेको जनाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले गत आर्थिक वर्षको साउनदेखि असारसम्म कार्यालय र […]