राप्रपाका महामन्त्री राणा संगठन विभाग प्रमुखमा मनोनित

सदरलाइन संवाददाता २५ जेष्ठ २०७९, बुधबार १४:२८
 

नेपालगञ्ज : राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित भएका छन् ।

अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका विधान अनुसार, महामन्त्री राणालाई मनोनित गरेका हुन् । राणासहित अध्यक्ष लिङदेनले ५ जनालाई विभिन्न दायित्वमा मनोनित गरेका छन् ।


राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ राजनितिक विभाग प्रमुखमा, उपाध्यक्ष ध्रुव बहादुर प्रधान प्रशिक्षण विभाग प्रमुखमा, महामन्त्री भुवन कुमार पाठक अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा र प्रा. डा. राम प्रसाद उप्रति स्वास्थ्य विभाग प्रमुखमा मनोनित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हराएको रकम बाँके प्रहरीले फेला पारी बुझायो

२५ जेष्ठ २०७९, बुधबार १४:२८
नेपालगञ्ज : बाँके प्रहरीले हराएको रकम फेला पारी सम्बन्धीत व्यक्तिलाई बुझाएको छ । प्रहरीले राप्तिसोनारी गाउँपालिका वडा नं.३ घर भई हाल नेपालगञ्ज बस्दै आएकी रमिला चौधरीलाई हराएको ४२ हजार ५ सय रकम फेला पारी बुझाएको हो । चौधरीले जानकी ३ बेलभारस्थित उक्त रकम हराएको भनी प्रहरी चौकी साईगाउमा जानकारी गराएपश्चत् […]