धुमधाम सहित पूर्वराजाले मनाए जन्मदिन

२३ असार २०७५, शनिबार १६:५५
 

सदरलाइनडटकम
नेपालगन्ज :  पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन नेपालगन्जको होटल होल्टीमा धुमधामका साथ मनाएका छन् । उनको समेत लगानी रहेको भनिएको होटल सोल्टीमा शनिबार बिहानै शुभकामना दिन सर्वसाधारणको लाम लागेको थियो ।

   राजसंस्थाप्रति समर्थन जनाउने र सहाभुती राख्नेहरु त्यहां पुगेका थिए । पूर्वराजालाई जन्मदिनको अवसरमा फुलगुच्छा सहित बिभिन्न उपहार दिईएको थियो ।
परिवार सहित नेपालगन्ज आएका पूर्व राजा ज्ञानेन्द्रको जन्म दिन मनाउन राप्रपा, राप्रपा प्रजातान्त्रिक, एकीकृत राप्रपा, शिव सेना लगायत अन्य विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता सहित सरकारी कर्मचारीहरुहरुले पनि पुर्ब राजालाई जन्मदिनको शुभकामना दिएका छन ।


 पुर्व राजा आफनो जन्मदिन मनाउनका लागी पत्नि कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नाती, नातिना सहित बिहिवार नेपालगन्ज आएका थिए । जन्मदिनको उपलक्षमा पुर्व राजा ज्ञानेन्द्रले शनिवार नेपालगन्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा पनि पुजाआजा गरे ।

Next Post

घुकुदीखोलामा तटबन्धको काम अन्तिम चरणमा

२३ असार २०७५, शनिबार १६:५५
सदरलाइनडटकम नेपालगन्ज :  खहरे भेलले ल्याउने बाढीका कारण वर्षेनी दुःख पाउने गुर्भाकोट—९ घुकुदीखोला, सुर्खेतका सर्बसाधारणले तटबन्धको काम भएपछि राहात महसुस गरेका छन् । गत वर्षमात्र बाढीले केही घर भत्काएको थियो । यसपटक भने तारजाली सहितको तटबन्ध गरेर बाढीबाट बस्ती जोगाउने काम भएको गुर्भाकोट—९ का वडा अध्यक्ष शशि भटट्राईले जानकारी दिए […]