किशोरी सञ्जालका पदाधिकारीलाई उद्घोषण र साईबर सुरक्षा तालिम

सदरलाइन संवाददाता २ आश्विन २०७७, शुक्रबार १२:१७
 

नेपालगञ्ज : बाल विवाह रोकथामको लागि सक्रिय बाँकेका किशोरी क्लवहरुका पदाधिकारीहरुका लागि दुई दिने उद्घोषण सीप तथा साईबर सुरक्षाबारे तालिम खजुरा र जनाकी गाउपालिकामा सम्पन्न भएको छ ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा छुट्टाछुट्टै स्थानमा सम्पन्न सो तालिममा स्वास्थ्य सुरक्षा अपनाउदै खजुरमा १२ जना र जानकीमा १२ जना किशोरी सहभागी रहेका थिए ।

विभिन्न पालिकामा बालविबाह बिरुद्ध सामाजिक अभियन्ताको रुपमा सक्रिय रहेका उनीहरुलाई उद्घोषण तथा सञ्चार सीपको लागि किशोरीहरुको क्षमता अभिवृद्धि गर्न खजुरा गाउँपालिकाको लगनशील किशोरी क्लब र जानकी गाउँपालिकाको सिर्जनशील किशोरी क्लबका पदाधिकारी र सदस्य २४ जनालाई छुट्टाछुट्टै रुपमा दुई दिने उद्घोषण तालिम दिएको हो ।

तालिममा उद्घोषण सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको थियो । तालिमको प्रशिक्षकमा अन्नपूर्ण पोस्ट् दैनिकका शंकरप्रसाद खनाल र नेपाल टेलिभिजनका रुद्र सुवेदीले र साईबर सुरक्षाबारे प्रदेश ५ का संयोजक सोम गुरुङले सहजीकरण गरेका थिए ।


कार्यक्रममा स्याकका सहजकर्ता पुष्पा सुनार र अर्मिला रोकायले तालिमको समापनको अवसरमा सिकेको सीपलाई व्यवहारमा उर्तान किशोरीहरुसँग आग्रह गरेका थिए ।

तालिममा सामाजिक सञ्जालको प्रयोग, यसका फाइदा, बेफाइदा, सामाजिक सञ्जालमा स्टाटस लेख्दा अपनाउनु पर्ने सुरक्षाको विधिहरु सिकाइएको थियो ।

जिल्लाका ८ वटै स्थानीय तहसँग सहकार्यमा स्याकले बाल विवाह रोकथाम परियोजना सञ्चालन गरेको छ । हरेक स्थानीय तहमा एक एक वटा किशोरी क्लब र जिल्लामा जिल्ला स्तरीय किशोरी क्लब सञ्जाल पनि रहेको छ ।

Next Post

प्रदेश ५ का ६ अस्पतालको स्तरोन्नति गरिने

२ आश्विन २०७७, शुक्रबार १२:१७
बुटवल : प्रदेश ५ का ६ वटा जिल्ला अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको अस्पताल बनाईने भएको छ । प्रदेश ५ मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । भीम अस्पताल र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, […]