बाँकेको ‘कर्णाली’ नरैनापुरको नेपालगन्जसंग सडक सम्पर्क बिच्छेद भयो

१९ असार २०७५, मंगलवार १३:११
 

सदरलाइनडटकम  
नेपालगन्ज : आईतबार रातीदेखि परेको अविरल वर्षाका कारण बाँकेको ‘कर्णाली’ नरैनापुर गाउँपालिकासंग सदरमुकाम नेपालगन्जको सडक सम्पर्क बिच्छेद भएको छ ।
सो गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले अविरल वर्षापछि नेपालगन्जबाट नरैनापुर आउने सडक पूरै अबरुद्ध भएको बताए । उनले हुलाकी सडक निर्माणका क्रममा भएको लापरबाही र पुल निर्माणको काममा ढिलाई साथै उचित डाइभर्सनको अभावमा आईतबार रातिदेखि नै आवतजावत ठप्प भएको जानकारी दिए ।
‘ठाउँ ठाउँमा पुल बनिरहेका छन् तर पुल बनाउनु अघि डाइभर्सन बनाउनु पर्ने मापदण्डलाई बेवास्ता गरिएकाले अहिले पानी परि रहँदा सडक पूरै सडक अवरुद्ध भएको छ,’ उनले आक्रोश पोख्दै भने–‘बर्षायाममा यस्तै अवस्था हुन्छ भनेर आफूले पहिल्यैदेखि नै हुलाकी सडक आयोजना प्रमुख, ठेकेदार र प्रमुख जिल्ला अधिकारीलाई सचेत गराउँदै आएको भएपनि सुनुवाई नहुँदा यो अवस्था आयो ।’
उनले बाटोको अभावको कारण नरैनापुरबासी मर्कामा परेको बताउदै भने–‘न भारततिर जान सक्ने अवस्था छ, न नेपालगन्ज आउने अवस्था छ, म त २ नम्बर वडामा रहेको मेरो घरबाट ४ नम्बरमा रहेको गाउँपालिका कार्यालय पनि जान सकिरहेको छैन ।’ उनले सोमबार घरबाट गाउपालिका जानको लागि ९ किलोमिटर पैदल हिडेर गएको बताए ।

Next Post

पुर्व राजा ज्ञानेन्द्र शाह नेपालगन्ज आउँदै

१९ असार २०७५, मंगलवार १३:११
सदरलाइनडटकम नेपालगन्ज :  आफनो जन्मउत्सब नेपालगन्जमै मनाउने उदेश्यका साथ पुर्वराजा ज्ञानेन्द्र नेपागन्ज आउने भएका छन् । पुर्व राजा आफनो जन्मउत्सब मनाउन नेपालगन्ज आउनेभएपछी नेपालगन्जमा पुर्वराजाको जन्मउत्सब मनाउन नागरिक मुल समारोह समिति गठन गरिएको छ । नेपालगन्जको सेतुबिक चोकमा कार्यालयनै स्थापना गरि पुर्वराजाको जन्मउत्सब भब्य रुपमा मनाउने तैयारी गरिएको छ । […]