नेपालगञ्ज : दशैंको टीकाको दोस्रो दिन मंगलवार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ ।
विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।
घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफूभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ ।