दशैमा स्थापना गरिएका देवीका मूर्ती झरीमै भिजेरै विर्षजन

सदरलाइन संवाददाता २० आश्विन २०७९, बिहीबार १८:०२
 

नेपालगञ्ज : दुई दिनदेखि अबिरल वर्षातको कारण बाँकेमा बडा दशैका लागि स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती वर्षातको प्रवाह नगरी पानीमा भिजेरै विर्षजन ढिलो गरी राप्तीनदी तथा मानखोलामा गरिएको छ ।

बाँकेको कम्दी घाटमा रहेको राप्तीनदीको पुल मुनी दशैमा स्थापना गरिएका करिव हजार बढी मुर्ती बिर्शजन गरिएको छ । कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएको यस्ता मुर्ती मानखोलामा विषर्जन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बर्षातको कारण नदीमा आएको बाढीको बिचमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरीले मूर्ती विर्षजनमा कुनै पनि अबरोध तथा अपृय घटना हुन नदिन पूर्ण तयारीका साथ टोली तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहनु भएको प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।


यसैबीच बर्षातको कारण बुधबार स्थगित गरिएको राबण बध कार्यक्रम बिहीबार साँझ विधिवत तरिकाले सम्पन्न गरि बध गरिएको रामलिला सञ्चालक समिति बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री राईद्वारा बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन

२० आश्विन २०७९, बिहीबार १८:०२
नेपालगञ्ज : दुई दिनदेखिको लगातार वर्षातको कारण भएको डुवान क्षेत्रको स्थलगत अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई बाढीग्रस्थ क्षेत्रमा पुगेका छन । उनले बाँकेको बाढीग्रस्त क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुको साथै बाढीबाट जोगाउन र क्षति न्युनिकरण गर्नको लागि प्रभावित क्षेत्रका स्थानीय प्रहरी प्रशासनलाई निर्दैशनस समेत […]