हजारकिलो छोहारा बरामद गरी भन्सार बुझाईयो

२५ श्रावण २०७६, शनिबार ०९:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतबाट लुकाई छिपाई नेपाल ल्याउदै गरेको एकहजार किलो छोहारा भन्सार राजस्व गस्तीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
नेपालगञ्ज भन्सारमा खटेको सशस्त्र प्रहरीको राजस्व तथा भन्सार गुल्म ४० का ईन्चार्ज सशस्त्र प्रहरी नायव उपरिक्षक नबराज बोहराको कमाण्डमा गस्तीमा निस्केको टोलीले विबहीबार राती ११ बजे पिप्रहवाको नयाँबस्ती क्षेत्रको दशगजा नजिकै स्थानीय देवीप्रसादको घर पछाडि लुकाएर राखेको अवस्थाम २० बोरा छोहरा नियन्त्रणमा लिएको हो ।
भन्सार कर्मचारीसहितको राजस्व नियन्त्रण गस्तीमा निस्केको सो टोलीले बरामद गरेको सो छोहाराको मुल्य करिव १ लाख ५० हजार रहेको बताईएको छ । भन्सार चोरीछली नेपालगञ्ज ल्याउनलाई खरले छोपेर राखिएको अवस्थामा सो छोहरा गस्तीमा निस्केको टोलीले नियन्त्रणमा लिएको थियो ।
पर्वहरु नजिकिदै गर्दा सीमा क्षेत्रमा भन्सार छलेर विभिन्न प्रकारका सामान नेपाल भित्र्याउने तथा नेपालबाट भारत लैजाने कार्यमा सक्रिय विरुद्ध गस्ति परिचालन गरिदा सफलता प्राप्त भएको हो ।

Next Post

बस दुर्घटनामा मृतकको संख्या आठ पुग्यो

२५ श्रावण २०७६, शनिबार ०९:०९
सदरलाइनडटकम, धादिङ : बेनीघाटरोराङ गाउँपालिका ३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन । शुक्रवार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ६ […]