एचआइभी संक्रमित समाजमा खुल्न थाले

१७ असार २०७५, आईतवार १२:४७
 

रोल्पा, समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् ।

सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन् । जनचेतनाका कारण संक्रमित खुल्न थालेसँगै जिल्लामा संक्रमितको संख्यामा समेत वृद्धि हुन थालेको छ । हरेक वर्ष दुई/तीन जनाका दरले नयाँ संक्रमित थपिँदै गएको रोल्पा प्लसका अध्यक्ष राधा विकले बताए । यस वर्षको माघ महिनामा मात्र तीन जना नयाँ संक्रमित थपिए विकले भने ।

हाल जिल्लामा ४९ जना एचआइभी संक्रमित रहेको रोल्पा प्लसले जनाएको छ । संक्रमितमध्ये १५ जना कामको सिलसिलामा जिल्ला बाहिर रहेका छन् । जिल्लाभित्र रहेका ३४ जनामध्ये २० जना महिला छन् । आफूहरुको सम्पर्कमा आएकामध्ये ३२ जनाले नियमित औषधि सेवन गरे पनि दुई जना भने समाजको डरले औषधि सेवन गर्न मानेका छैनन् अध्यक्ष विकले भने ।


जिल्लामा संक्रमितमध्ये हालसम्म १४ जनाको मृत्यु भइसकेको रोल्पा प्लसले जानकारी दिएको छ । उहाँले संक्रमितलाई परामर्श दिने तथा नियमित औषधि सेवनका लागि प्रोत्साहन गरेका कारण संक्रमित खुल्न थालेको बताए ।

बाबु आमाका कारण तीन बालबालिकासमेत एचआइभी संक्रमित भएका छन् भने ३२ बालबालिका प्रभावित भएको बताइएको छ । प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन विभिन्न संघ संस्थाले शैक्षिक सहयोग गरिरहेका छन् ।

(रासस)

Next Post

ठुलो मात्रामा लागुऔषध सहित तीन जना पक्राउ

१७ असार २०७५, आईतवार १२:४७
सदरलाइनडटकम नेपालगन्ज :  नेपाल प्रहरी प्रदेश नम्बर ५ अन्र्तगतको बिशेष टोलीले रुपन्देहीमा २२ केजि चरेश सहित तीन जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कपिलबस्तु शिवराज नगरपालिकाका रासकुमार रोकामगर, दाङ्गका आशिष खड्का, किरण बम लगायत रहेका छन् । प्रहरीले पक्राउ गरेपछि […]

सम्बन्धित