सदरलाइनडटकम
नेपालगन्ज : लागुऔषध दुव्र्यसन बिरुद्धको अन्र्तराष्ट्रिय दिवशको अवसरमा आज बिहान नेपालगन्जमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लास्थित सरकारी कर्मचारी, सरोकारवाला निकायका अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश केसी लगायतका सुरक्षा निकायका बरिष्ठ अधिकारीहरु सहभागि थिए । लागुऔषध बिरुद्ध सबै एकजुट हुनुपर्ने र लागुऔषधमा फसेकाहरुलाई सही बाटो देखाउनुपर्ने नारा सहित प्रभातफेरी तथा अन्तरक्रियाको आयोजना गरिएको लागुऔषध दुव्र्यसन बिरुद्धको अभियान चलाइरहेको परिवर्तन समूहका कार्यक्रम प्रमुख इन्द्रा जिसीले बताएकी छन् ।
