सोमबारबाट क्यान्सर अस्पताल सन्चालन हुने

९ असार २०७५, शनिबार १४:४५
 


सदरलाइनडटकम
९ असार, नेपालगन्ज :  बाँकेको खजुरा गाउँपालिकामा रहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पताल सोमबार सञ्चालनमा आउने भएको छ । अस्पताल निर्माणको अभियान सुरु भएको दशक पछि अस्पतालले ओपिडी सेवा सुरु गर्न लागेको अस्पताल विकास समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् ।
सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताल शुभारम्भ गर्ने छन् । २०६५ साल माघ ११ गतेदेखि धनधान्यन्चल ज्ञान महायज्ञ सन्चालन गरी महायज्ञबाट प्राप्त रकमले अस्पताल निर्माण कार्य सुरु गरिएको थियो । त्यसपछि सरकारले समेत बजेट उपलब्ध गराएपछि अस्पताल सुचारु हुन सम्भब भएको हो । पहिलो चरणमा सोमबारबाट ओपिडी सेवा शुभारम्भ हुन लागेको अस्पताल निर्माण कार्यबाट सुरुबाटै लागेका अध्यक्ष कक्षपतिले बताए ।
‘हजारौं जनताको सपना साकार हुँदैछ । सोमबारबाट अस्पताल शुभारमभ गर्ने तयारीमा छौं ।’ शनिबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा कक्षपतिले भने,—‘अस्पताल निर्माणले यस क्षेत्रका बिरामीले राहात पाउनुहुनेछ ।’ अस्पतालका निर्देशक डा. बिश्वराम पौडेलले हालसम्म ओपिडी भवनमा ल्याब, एक्सरे, भिडियो एक्सरे सेटअप भइसकेको र मोडुलर ओटी जडान गर्ने कार्य भइरहेको पौडेलले बताए ।
जनताको प्रत्यक्ष सहभागितामा निर्माण भएको उक्त अस्पताल नेपालमै पहिलो हो । करिव चार बिघा क्षेत्रफलमा बनेको अस्पतालको चलअचल सम्पत्ति सरकारको नाममा छ । उक्त अस्पताल प्रदेश नम्बर ५ को मात्र नभई ५ र ७ को सुविधा सम्पन्न अस्पतालका रुपमा रहने अध्यक्ष कक्षपतिले बताए ।

Next Post

वर्षा र ‘डुवान’बारे फेसबुकको प्रतिक्रिया

९ असार २०७५, शनिबार १४:४५
सदरलाइनडटकम, नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिकामा भएका विकास निर्माणको विषयमा सामाजिक सञ्जालमा विभिन्न क्रिया प्रतिक्रिया आउन सुरु भएका छन् । यसक्रममा शनिबार बिहान परेको पानीले पनि यहाँको विकास निर्माणको विषयलाई दिएर टिकाटिप्पणी आउन सुरु भएको छ । नेपालगन्ज उप–महानगरमा यतिबेला आफ्नै लगानीमा, एशियाली विकास बैंकको अनुदानमा सिधै उप–महानगसंग र शहरी विकास […]

सम्बन्धित