बिबाद मिलाउन जाँदा दाङमा प्रहरीमाथि खुकुरी प्रहार

३० कार्तिक २०७५, शुक्रबार १६:०७
 

सदरलाइनडटकम,
दाङ : दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवामा दुई समुहबीच भएको विवादलाई मिलाउन गएका ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी जवान चन्द्रप्रकाश वली माथि खुकुरी प्रहार भएको हो ।
प्रहरी जवान वलीको टाउकोमा १० वटा टाँका लागेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । उनका अनुसार स्थानीय दुई जना माथि पनि चोट लागेको छ । स्थानीय बिशाल रोका र नैनबहादुर नेपालीको टाउकोमा सामान्य चोट लागेको प्रहरी निरीक्षक चौधरीले बताए ।
सोही ठाउँ निवासी बिशाल रोका र चन्द्रप्रकाश नेपालीको समहुबीच आपसीबिवाद पस्चात भएको झडपको सिर्जन भएको प्रहरीले बताएको छ । साथै खुकुरी प्रहार गरेको आरोपमा शान्तिनगर गाउँपालिका २ अमुवा निवासी २५ बर्षीय चन्द्रबहादुर नेपाली, २० बर्षीय नैनसिङ नेपाली, २२ बर्षीय सुकलाल नेपाली र १६ बर्षका बीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विवाद भएको सूचनाको आधारमा आफुहरु त्यहाँ पुगेर विवदालाई साम्य पार्ने क्रममा खुकुरी प्रहार भएको प्रहरी जवानले बताए । उनीहरुको साथबाट खुकुरी, बञ्चरो, खुर्पालगायतका घरेलु हतियारसमेत बरामद गरिएको छ । प्रहरीले आरोपीलाई ज्यानमार्ने उद्योग सम्बन्धि मुद्दा चलाउने तयारी गरेको छ ।

Next Post

शनिवारदेखि नेपालगञ्ज ‘हर्न’मुक्त बन्दै

३० कार्तिक २०७५, शुक्रबार १६:०७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जलाई ध्वनिप्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार शनिवारदेखि नेपालगञ्जभित्र ‘हर्न’ बजाउन निषेध गर्न लागिएको छ । सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाउन थालिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा नेपालगञ्ज उपमहानगरपालिका भित्र हर्न निषेधित गर्न अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी […]