कोरियनपुरको आधा भागमा बिहानदेखि बिजुली छैन

७ असार २०७५, बिहीबार १३:४८
 

सदरलाइनडटकम
७ असार, नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२कोरियनपुरको एक भागमा बिहानदेखि काटिएको बिद्युत अहिलेसम्म आएको छैन । गर्मी गर्मीमा लामो समय बिद्युत सेवा अवरुद्ध भएपछि त्यसक्षेत्रका सर्बसाधारण निकै मर्कामा परेका छन् ।
उनीहरु गर्मीबाट आत्तिएका छन् । बिहान ७ बजेदेखि गएको बिद्युत अहिलेसम्म नआउँदा निकै समस्या गरेको स्थानीयबासिन्दाले गुनासो गरेका छन् । सो क्षेत्रमा अहिले सबैभन्दा धेरै बिद्युत काट्ने गरिएको छ । पल्लो घरमा रातदिन बिद्युत हुँदा अर्को घरमा भने गइरहन्छन् ।
यता बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रले सडक निर्माणको काम चलिरहेकाले बिद्युत काटिएको जबाफ दिएको छ । यही बाहनामा नेपालगन्ज बिद्युत प्राधिकरण नेपालगन्ज शाखाले बिद्युत सेवा अवरुद्ध गरेपछि सर्बसाधारण आहात भएका छन् ।

Next Post

बालेगाउँमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण

७ असार २०७५, बिहीबार १३:४८
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको वडा न १४ ले बालेगाउँमा बिहीबार जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको छ । वडा अध्यक्ष ओमकार नाथ मिश्रको अगुवाईमा वडाका ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकलाई फलफूल वितरण गरिनुका साथै स्वास्थ्य परिक्षण गरिएको हो । फलफूल वितरण गर्दै वडा अध्यक्ष मिश्रले जेष्ठ नागरिकको स्वास्थ्य […]

सम्बन्धित