०४ आषाढ २०७५ सोमवारको राशिफल

४ असार २०७५, सोमबार ०६:००
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक तथा धार्मिक कार्यमा रुची वढ्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शिक्षामा सफलता मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनीति अधिकारमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योगछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

 


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Next Post

फुटपाथ कब्जा गर्ने बिरुद्ध सक्रिय प्रहरी

४ असार २०७५, सोमबार ०६:००
सदरलाइनडटकम ४ असार, नेपालगन्ज : पैदलयात्रु दुर्घटनाको जोखिममा पार्ने गरी फुटपाथ कब्जा गर्ने बिरुद्ध प्रहरीले अभियाननै चलाएको छ । चारलेन सडक बनिसक्दा समेत फुटपाथ कब्जा गर्न नछाडेकाहरु बिरुद्ध वडा प्रहरी कार्यालय नेपालगन्जले ट्राफिक प्रहरीको समन्वयमा अभियान चलाइरहेको हो । अहिले नेपालगन्जको मुख्य सडक सुर्खेतरोड र अन्य सडकको फुटपाथमा व्यवसायीहरुले आफ्ना […]

सम्बन्धित