२९ जेठ २०७५ मंगलवारको राशिफल

२९ जेष्ठ २०७५, मंगलवार ०९:२४
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक कार्यमा रुची बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा निरासा र शरीरमा आलस्य आउला । दबाब र तनाव बढेको महसुस हुनेछ । कामहरु अधुरै रहलान् । आँटेको काम विग्रिएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । भूमि लाभ रहला । पुनर्मिलनको योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गरेको कार्यमा ढिलासुस्ती हुनेछ । स्वास्थ्यमा पेट सम्बधी समस्या आउला । घरायसी झमेलामा परिएला । आय आर्जनमा बाधा आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । श्रमको उचित मुल्याङ्कन हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी/प्रेमिकाका बिच मतभेद बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तको प्रगतिमा मन रमाउनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोजगारको अवसर मिलनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Next Post

मुग्लिङ- नारायणगढ सडकमा सात ठाउँ पहिरो, सवारी आवागमन प्रभावित

२९ जेष्ठ २०७५, मंगलवार ०९:२४
चितवन । सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११:२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३:२० बजे एकतर्फी सञ्चालनमा आएको थियो। बिहान […]

सम्बन्धित