एचआईभी एड्सको चुनौतीका लागि रणनीतिक योजना आवश्यक

१ असार २०७५, शुक्रबार १५:५१
 

सदरलाइनडटकम
१ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरका उपप्रमुख उमा थापामगरले एचआईभी एड्स जटील स्वास्थ्य समस्यासँगैै मानवीय समवेदनासँग जोडिएकाले चुनौतीलाई सोही अनुरुप सामना गर्न दिर्घकालीन रणनीतिक योजनासहित अघि बढनुपर्ने आवश्यक्ता रहेको बताएकी छन् ।
उनले शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय र नेपालगन्ज उप–महानगरको समन्वयमा जुनकीरी महिला समूह र एड्स हेल्थ केयर फाउण्डेशन नेपाल (एएचएफ) द्वारा आयोजित कावा समिति वैठक तथा सरोकारवालाबीचको वैठकमा सो कुरा बताएकी हुन ।
उनले स्वास्थ्य क्षेत्रमा पनि दक्ष जनशक्तिको अभावका साथै आपसी समन्वय र सहकार्यको खाँचो रहेको कुरामा दिईन ।
भेरी अञ्चल अस्पतालका फिजिशियन डा संकेतकुमार रिसालले एचआईभी संक्रमणले बहुअंग फेल गर्ने भएकाले सक्रमितको उपचारसँगै पालन पोषण पनि प्रभावकारी बनाउने खालका एकिकृत कार्यक्रम लयाउनु पर्ने सुझाव दिए । उनले भेरी अञ्चल अस्पतालमा रहेको सीडीफोर काउन्ट ( एचआईभी जाँच) मेशीन तत्काल सञ्चालन गर्न आवश्यक वजेटको व्यवस्था गर्न पनि माग गरे ।
एएचएफ नेपालका सञ्जयकुमार पौडलले एचआईभी संक्रमितको स्वास्थ्य विमा र जीवीकोपार्जन, जनस्वास्थ्यका रामबहादुर चन्दले बाँकेमा एअआईभी संक्रमितको अवस्था, गरिएको पहल र प्रगती तथा जुनकीरी महिला समूहका कार्यक्रम संयोजक रवीन्द्रसिंह राठौरले एचआईभी संक्रमित बालबालिकाको सामाजिक सुरक्षा भत्ताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
जुनकीरी महिला समूहका अध्यक्ष कमला उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य प्रमुख खिमबहादुर खडका लगायतले सम्बोधन गरेका थिए । 

Next Post

नेपालगन्जलाई पश्चिम नेपालकै नमूना शहर बनाईने छ : मन्त्री राई

१ असार २०७५, शुक्रबार १५:५१
सदरलाइनडटकम १ असार, नेपालगन्ज  : नेपाल सरकारका शहरी विकास मन्त्री मो.ईस्तियाक राईले नेपालगन्जलाई पश्चिम नेपालकै नमूना शहर बनाउनको लागि आफ्नो तवरबाट कुनै कसर नछाड्ने बताएका छन् । नेपालगन्ज नगर विकास समितिले आयोजना गरेको स्वागत तथा सिलन्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘आफु पनि नेपालगन्जबासी […]

सम्बन्धित