सदरलाइनडटकम
१ असार, नेपालगन्ज : नेपाल सरकारका शहरी विकास मन्त्री मो.ईस्तियाक राईले नेपालगन्जलाई पश्चिम नेपालकै नमूना शहर बनाउनको लागि आफ्नो तवरबाट कुनै कसर नछाड्ने बताएका छन् । नेपालगन्ज नगर विकास समितिले आयोजना गरेको स्वागत तथा सिलन्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
उनले भने–‘आफु पनि नेपालगन्जबासी हुनुको साथै आफ्नै निर्वाचन क्षेत्र समेत नेपालगन्ज भएको नाताले पनि आफुुले नेपालगन्जलाई पश्चिम नेपालको नमूना शहर बनाउन हर संभव प्रयत्न गर्ने छु ।’ उनले नेपालगन्जमा आफ्नो मन्त्रालय अनुसार हुन लागेका विभिन्न निर्माणका कामहरु यहाँको जनताको आफ्नो पनि सम्पत्ति भएकोले निर्माणको गुणस्तरियतामा समेत खरो निरानी गर्नको लागि आग्रह समेत गरे । उनले नेपालगन्जमा शहरी विकास मन्त्रलायको आयोजनामा भई रहेका भौतिक संरचनाहरुको गुणस्तरमा सबैले ध्यान दिनको लागि आवश्यकता औल्याउदै उनले रकम अपुग भएमा आवश्यक रकमको समेत पुरक बजेटबाट थप गरीने गरी आफुले पहल गरेको जानकारी दिए ।
शहरी विकास मन्त्री राईले आफुले निर्वाचनमा गरेका प्रतिबद्धतालाई अक्षरक्ष पालना गर्ने अठोेट रहेको बताउदै त्यसै मध्यको पिहलो एजेण्डाको रुपमा रहेको नेपालगन्ज विमानस्थलको स्तरोन्ती गर्दै अन्तराष्ट्रि स्तरको बनाउनको लागि पहल गर्दै आएकोमा केही दिन भित्रै त्यसको नतिजा समेत देख्न पाईने दाबी गरेका छन् ।
उनले नेपालगन्जमा रहेको मध्य र सुदूपश्चिम कै रेफरल अस्पतालको रुपमा रहेको भेरी अञ्चल अस्पतालमा ५ सय सैया थप गर्दै विभिन्नखालका सेवा र सुविधा बढाउनको लागि आफु लागि परेको साथै सो मन्त्रालय पनि आफ्नै पार्टीको नेतृत्वमा रहेकोले त्यसले पनि चाँडै नै विकासको स्वरुप फेरीने गरी काम अघि बढ्ने जानकारी दिए ।
उनले नेपालगन्जमा मधेशी, मुस्लिम, तथा विपन्न र सिमान्तकृत समुदायका किशोरीको शिक्षामा पहुँच पु¥याउनको लागि महिला डिग्री कलेज निर्माण गर्ने पहल गरि रहेको बताउदै उनले प्रतावित नेपालगन्ज विश्व विद्यालय विद्येयकलाई तदारुकताका साथमा प्राविधिक विश्व विद्यालयको रुपमा विकास गर्ने योजना अनुसार काम भई रहेको बताए । ।
उनले नेपालगन्जका सवै सडक स्तरोन्नती गर्ने आश्वासन दिँदै सडकको अवस्थाबारे तत्काल प्रतिवेदन तयार पारि मन्त्रालयमा पठाउन शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय नेपालगन्जलाई निर्देशन समेत दिएका छन् ।
नेपालगन्जको कुनै पनि सडक बाँकी रहन भएन, कुन–कुन सडक निर्माण गर्नुपर्ने छ तत्काल प्रतिवेदन तयार गरेर मन्त्रालय पठाउन उनले निर्देशन दिए । जातियता, क्षेत्रीयता र धर्मको आधारमा राजनीति गर्ने दिन सकिएको उनको भनाई रहको थियो । भाषा, धर्म र क्षेत्रीयताको आफूलाई आरोप लाग्ने गरेको बताउँदै मन्त्री राईले आफू कुनै धर्म, सम्प्रदाय र क्षेत्रको पक्षमा नरहेकोे स्पष्ट पारे ।
मन्त्री राईले नेपालगन्ज–२ न्यूरोडमा नेपालगन्ज नगरविकासद्वारा निर्माण गर्न थालेको दुईतले बहुउद्देशिय भवनको सिलन्यास संगै सडकको कालोपत्रेका लागि फाउण्डेशन समेत हालेका थिए । उनले शुक्रबार नै नेपालगन्ज नगर विकास समितिले विकास गरेको वडा नं. १ मा रहेको वटरपार्क प्लटिङ्ग आयोजनालगायतका आयोजनाहरुको स्थलगत निरिक्षण समेत गरका छन् ।
नेपालगन्ज नगरविकास समिति बाँकेका अध्यक्ष गोपाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहरी विकास कार्यलयका डिई सुनिल कुमार ठाकुरले कार्यालयको प्रगतिबारेमा जानकारी गराएका थिए ।