जलवायु परिवर्तनको असर बेमौसमी तरकारी खेतीमा

३० जेष्ठ २०७५, बुधबार २०:०१
 

सदरलाइन / रुद्र सुवेदी
३० जेठ, नेपालगन्ज : जलबायुमा आएको परिवर्तनका कारण बेमौसमी खेती गर्दै आएका किसानहरु मर्कामा पर्ने गरेका छन् । बाँके खजुरा गाउपालिका–२ केगाऊँका तरकारी किसान गेहेन्द्रप्रसाद धितालले जलवायुमा आएको परिवर्तनको असर सिधै आफुहरुले व्यहोर्नु परेको गुनासो गरे ।
उनले भने–‘हिजोका दिनमा साउनमा रोपेर असोजमा बजारमा ल्याउने गरी बेमौसमी तरकारी खेती गरिन्थ्यो तर, आज भने अवस्था बदलिएको छ । साउनको साटो भदौको अन्तिममा रोपेर कात्तिकको अन्तिममा मात्र बजारमा ल्याउन सकिन्छ, त्यति बेलासम्म सबैको तरकारी तयार भैसकेको हुन्छ ।’
उनले जलबायुमा आएको परिवर्तनको कारण खेतीचक्र नै परिवर्तन भएर करिव डेढ महिना पर धकेलिएको जस्तो भएको बताए । १ विगाह आफ्नो र १० कठ्ठा भाडामा जमिन लिएर साढे १ विगाह जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले वर्षेनी ४–५ लाख सबै खर्च कटाएर आम्दानी गर्दै आएकोमा पछिल्ला दिनहरुमा भने आम्दानी विस्तारै घट्दै गएको बताए ।
कपास विकास समिति खजुरामा जागिरे जीवन विताउदै आएका धितालले बेमौसमी तरकारी खेतीले जागिरको भन्दा पनि तेब्बर आम्दानी दिने भएपछि जागिर छाडेर तरकारी खेतीमा होमिएका उनी अहिले भने भनेको जस्तो आम्दानी हुन छडेपछि चिन्तित देखिन्छन ।
उनले भने–‘बदलिदो परिस्थिति अनुसारको खेतीचक्रलाई आवश्यक पर्ने बिउबिजन उत्पादन गर्नतर्फ राज्यले ठोस कदम चाल्न जरुरी देखेको छु ।’ उनले पहिलाको जस्तो बेमौसमि समयमै खेती गर्न सकिने विउविजनको राज्यले उत्पादन गर्न तर्फ ध्यान दिन आवश्यक रहेको औल्याए ।
खजुरा गाउपालिका–३ का अर्का किसान पदमबहादुर रानाले जलबायु परिवर्तनको कारण व्यावसायिक तरकारी खेती र परम्परागत खेती चक्र नै परिवर्तन भएको कारण आफुहरु जस्ता किसान मर्कामा परेको बताए । बेमौसमी भनेर गरेको खेती मौसमी समयमै बजारमा आउने गरेर तयार हुने भए पछि उनीले आफुहरुको व्यावसाय धरापमा परेको बताए ।
शिक्षकको जागिर छाडेर व्यावसायिक बेमौसमी तरकारी खेतीमा होमिएका रानाले भने–‘हिजो हामीले बैमौसमी भनेर गरिदै आएको तरकारी खेती अहिले जलबायुमा आएको परिवर्तनको कारण मौसमी खेती जस्तै भएको छ । हिजो रोप्ने समयमा रोपे त्यो विउ नै नउम्रने, उम्रिए पनि फल नदिने फल दिए पनि बिरुवा हेर्दैमा रोगि जस्तो अरठ्ठो जस्तो देखिने गरेको छ ।’
उनले किसानलाई आवश्यक परेको बेला पानी नपर्ने, हावा हुरीले त्यतिकै नोक्सान गर्ने भएको कारण अवका दिनमा बैकल्पिक व्यवसाय खोज्नु पर्ने हो कि भन्ने चिन्ताले सताएको बताए । उनले भने–‘बदलिदो परिस्थिति अनुसारको खेतीचक्रमा फिट हुने गरी विउविजन उत्पादन र अनुसंधान गर्नतर्फ राज्यले ठोस योजनाका साथमा लाग्न जरुरी छ ।’ उनले तरकारी बेचेरै बर्षभरीमा ४देखि ६ लाखसम्म आम्दानी गर्ने गरेको भए पनि पछिल्ला दिनहरुमा जलबायु परिवर्तनका कारण तरकारी खेतीमा समेत ह्रास्र आएको कारण आम्दानी पनि क्रमश घट्दै गएको बताए ।
माथिका धिताल र राना त प्रतिनिधि पात्रमात्र हुन उनीहरु जस्ता जिल्लामा रहेका थुप्रै व्यवसायिक किसानहरुका लागि जलबायुमा आएको परिवर्तनका अनुसारको खेतीचक्रको लागि आवश्यक पर्ने विउविजन उत्पादन हुन नसकेको कारण व्यवसाय नै धरापमा रहेको छ ।
यसैबीच जलबायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणालीका शिवनन्दन झाले आफुहरुले किसानको माग अनुसारको उनीहरुलाई बाताबरणमा आएको परिवर्तनको बारेमा जानकारी दिनको लागि किसान मोबाईल एप र किसान सिम वितरण गरेको बताए । उनले भने–‘किसान सिम र किसान एप मार्फत किसानलाई मौसमको बारेमा जानकारी दिने, पानी पर्ने नपर्ने संकेत दिने र तापक्रमको जानकारी दिने जस्ता जानकारी मुलक कुराहरु आदान प्रदान मात्रै नभएर किसानका समस्याको बारेमा विज्ञको सल्लाह समेत उपलब्ध गराउने गरिएको छ ।’

Next Post

राँझा चोक अब ‘क्याप्टेन चोक’ हुने

३० जेष्ठ २०७५, बुधबार २०:०१
सदरलाइनडटकम  ३०, जेठ नेपालगन्ज : यात्रीको ज्यान जोगाएर विमान दुर्घटनामा ज्यान गुमाउने पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष लामाको नाममा नेपालगन्जमा चोक र शालिक निर्माण शुरु भएको छ । काष्ठमण्डप एयरका पाइलटद्वयले १४ फागुन २०७२ मा कालिकोटको चिलखायामा आपूm मरेर यात्रीको ज्यान जोगाएका थिए । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश […]