खजुरामा आयो कुखुराको आधुनिक खोर सञ्चालनमा

सदरलाइन संवाददाता १४ आश्विन २०७७, बुधबार २०:१४
 

खजुरा (बाँके)  : पाँच नंम्बर प्रदेश सरकारले कुखुरा पालक किसानको उत्पादकत्व बढाउन मद्दत पुग्ने बातानुकुलित र आधुनिक प्रविधि सहितको नमूना कुखुराको खोर बाँकेको खजुरामा निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।

बाँकेको खजुरामा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको वातानुकुलित अत्याधुनिक कुखुराको खोर सञ्चालनमा ल्याएको हो । कुखुरा विकास फर्म खजुराको परिसरमा नवनिर्मित अत्याधुनिक कुखुरा खोरको ५ नम्बर प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गरेकी हुन ।

वातानुकुलित खोरको उद्घाटन गर्दै मन्त्री पौडेलले  बाँके  अत्याधिक  गर्मी हुने ठाउँमा कुखुराको विकासका लागि नमुना योग्य काम भएको बताईन । उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले कृषि अनुसन्धान परिषद्संग सहकार्य गरी काम गर्ने गरी छलफल अघि बढेको बताईन ।

उनले व्यवसायिक कुखरा पालक किसानको लागि सो आधुनिक खोरको नमुना हुने अपेक्षा राखिएको दाबी गरिन । कुखुरा विकास फर्म खजुराका प्रबन्धक डा.शंकर न्यौपानेले बाँके अत्याधिक गर्मी हुने ठाउँ भएकाले तापक्रम र आद्रता घटबढ हुँदा उत्पादनमा असर पर्ने भएको कारणले यस प्रकारको खोरले कुखुरा उत्पादन सहज हुने दाबी गरे ।


बाँकेको गर्मीमा चैत बैशाखमा अत्यन्त गर्मी हुनुका साथै आद्र्रता पनि कम हुने र साउन भदौमा गर्मीसंगै आद्र्रता पनि बढी हुने हुँदा कुखुरा हुर्काउन अप्ठेरो परिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारबाट उपलब्ध बजेटमा खोर निर्माण गरेका जनाईएको छ ।

उनले सो आधुनिक खोरमा ५ हजार कुखुरा अट्ने क्षमता रहेको बताए । ओम कन्स्ट्रक्सन नेपालगञ्जले ८२ लाख २६ हजारमा ठेक्का सम्झौता गरेर खोर निर्माण गरेको थियो । गत माघमा निर्माण शुरु गरिएको खोर असारमा सम्पन्न भएको हो ।

 

Next Post

दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

१४ आश्विन २०७७, बुधबार २०:१४
कोहलपुर (बाँके)  : कोरोना संक्रमणको कारण बाँकेमा बिहीबार दुई जनाको ज्यान गएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विहीबार उपचा गराई रहेका कोरोना संक्रमित नेपालगञ्ज उप–महानगरपालिका–४ का ५२ वर्र्षिय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका–८ का ७५ वर्र्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोरोना फोकल पर्शन […]