नरैनापुरमा बज्यो दमकलको साइरन

२५ जेष्ठ २०७५, शुक्रबार १८:५२
 

सदरलानडटकम
२५ जेठ, नेपालगन्ज :  बाँकेको नरैनापुर गाउँपालिकाले बारुण यन्त्र (दमकल) खरिद गरेको छ । राप्तीपारि क्षेत्रमा हुने आगलागी नियन्त्रण गरी क्षति न्युनिकरण गर्ने उद्देश्यले ५१ लाख रुपैयाँमा दमकल खरिद गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. इस्माइल खाँले बताए ।
राप्तिपारि क्षेत्रमा आगलागी हुँदा यसअघि नेपालगञ्जबाट दमकल पुग्दासम्म गाउँ नै खरानी भइसक्ने अवस्था अब हट्ने भन्दै नरैनापुरबासी खुसी भएका छन् । ‘अध्यक्ष ज्यूले निर्वाचित भएर आएदेखि यहाँ धेरै सुधारको पहल गरिरहनुभएको छ, आगलागीको निकै जोखिम रहेको यो क्षेत्रमा दमकल ल्याएर राम्रो काम भएको छ,’ कट्कुइँयाका सहाजद अलि जोलाहले भने । आगलागीबाट हुने गरेको अनियिन्त्रत क्षति नियन्त्रण गर्न गाउँपालिकाले दमकल खरिद गरेको अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
जनप्रतिनिधि आएपछि सुधारका संकेतहरु देख्न थालेका स्थानीय गाउँमै दमकल पुगेपछि दंग भएका छन् । नेपालगञ्जबाट झण्डै ४५ किलोमिटरको दुरीमा रहेको नरैनापुरमा गर्मीयाममा आगलागी हुँदा बस्ती नै सखाप हुने गरेका छन् ।

Next Post

बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

२५ जेष्ठ २०७५, शुक्रबार १८:५२
सदरलाइनडटकम २५ जेठ, नेपालगन्ज : बाँकेका ५ वटा स्रोत विद्यालयहरु (अपांगता भएका विद्यार्थीहरुका लागि) लाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बाँकेको सरस्वती प्रावि आधारभुत, मंगलप्रसाद मावि, त्रिभुवन मावि, नेराप्रावि आधारभुत खजुरा, लगदहवा आधारभुत विद्यलायलाई सो सामाग्री वितरण गरिएको हो । सेभ द चिल्ड्रेन, कोकाकोला फाउण्डेशन र इसिडब्लूको आर्थिक सहयोगमा […]